बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बालिका बलात्कार आरोपमा ८० बर्षिय पक्राउ

बालिका बलात्कार आरोपमा ८० बर्षिय पक्राउ


  • ढोरपाटन सम्वाददाता
  • चैत्र १९ २०७७, बिहिबार

बागलुङ, १९ चैत– अपांग बालिका बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले ८० बर्षिय वृद्धलाई पक्राउ गरेको छ ।
काठेखोला गाउँपालिका वडा नं. १ पालाका वृद्ध पक्राउ परेको प्रहरी नायव उपरिक्षक इकवाल हवारीले बताए । मानसिक समस्या भएकी ती बालिकालाई खुला चौरमै बलात्कार गरेको स्थानीयले देखेको भन्दै स्थानीयले प्रहरीमा खवर गरेका थिए ।
चैत १२ गतेको घटना भएपनि उजुरी भने बुधवार मात्रै परेको हो । बुधबार दिउँसो मात्रै स्थानीयको खबरपछि प्रहरीले पक्राउ गरेर ल्याएको हो । घटना पीडित बालिकाको धौलागिरी अस्पतालमा स्वास्थ्य परीक्षण गरिसकिएको छ । वृद्ध भएकोले बलात्कार गर्नेको पनि नाम नखुलाइएको हवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->