बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बम बिस्फोटमा घाईते युवाको उपचारका क्रममा मृत्यु

बम बिस्फोटमा घाईते युवाको उपचारका क्रममा मृत्यु


  • ढोरपाटन सम्वाददाता
  • चैत्र २० २०७७, शुक्रबार

बागलुङ, २० चैत– माछा मार्नेक्रममा बम बिस्फोट भएर घाईते भएका एकजनाको शुक्रबार उपचारका क्रममा मृत्यु भएको छ । गुल्मीको मुसिकोट नगरपालिका– ७ स्थायी घर भई बडिगाड गाउँपालिका–२ सिमलचौर बस्दै आएका ३१ वर्षीय मित्र बहादुर रानाको उपचारको लागि पाल्पा लैजाँदै गर्दा बटोमै मृत्यु भएको परिवारले जनाएको छ । बिहिबार बागलुङको बडिगाड गाउँपालिका –२ सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा विस्फोट भएपछि उनी गम्भीर घाईते भएका थिए । बिस्फोटमा गम्भीर घाइते भएका बडिगाड गाउँपालिका–२ हाडिखोलाका २८ वर्षीय अरुण पुनको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक कृष्ण बहादुर पल्ली मगरले जानकारी दिए । स्थानीय दुर्गा बहादुर भुजेलको घरमा बम बनाइरहेको समयमा विष्फोट हुँदा उनीहरु घाइते भएका हुन् । घटनामा अन्य ३ जना पनि संलग्न रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->