बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दर्लिङ घटना : आठ अभियुक्त सार्वजनिक

दर्लिङ घटना : आठ अभियुक्त सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • चैत्र २० २०७७, शुक्रबार

बागलुङ, २० चैत– फागु पूर्णिमाको दिन बागलुङकोे बडिगाड गाउँपालिका वडा नं. १० दर्लिङको बल्देधुरीमा दुई जनाको ज्यान जाने गरी भएको झडपमा संलग्न रहेको आरोपमा पक्राउ परेका ८ जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङमा शुक्रबार पत्रकार सम्मलेन गरी घटनाका ८ जना अभियुक्तलाई सार्वजनिक गरिएको हो । गत आइतबार होली खेल्ने क्रममा भएको झडपमा दुई जनाको ज्यान गएको थियो । ज्यान गुमाउनेमा निसिखोलका गाउँपालिका वडा नं. ७ का ३६ वर्षिय प्रकाश कुँवर र ३४ वर्षिय दीपक दमाई थिए ।
घटनामा संलग्न भएको आरोपमा बडिगाड गाउँपालिका वडा नं. १० दर्लिङका आठ जना युवालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा २८ वर्षिय रेशम बुढा मगर, ३१ वर्षिय सूर्य बुढा मगर, ४६ वर्षिय ढाल बहादुर बुढा मगर, तिर्थलाल बुढा र ३३ वर्षिय झन बहादुर बुढा रहेका छन् ।
उनीहरु बागलुङको दर्लिङ, बुर्तिबाङ लगायतका ठाउँबाट पक्राउ परेका हुन् । उनीहरुमध्ये दुईजना भने जिल्ला प्रशासन कार्यालयमा आत्मासमर्पणका लागि आएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले बताए ।
दर्लिङकै २३ वर्षिय मिलन बुढा र २४ बर्षिय भेषराज बुढा गुल्मीको मदाने गाउँपालिकाबाट पक्राउ परेको मगरले बताए । घटनापछि भागेर रुपन्देही पुगेका २३ बर्षिय कुमार छन्त्याललाई प्रहरीले बुटवलबाट पक्राउ गरेको थियो । आठै जनाविरुद्ध कर्तव्यज्यान मुद्धामा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भैरहेको मगरले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->