बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

खरवाङमा आरोग्य केन्द्र स्थापना

खरवाङमा आरोग्य केन्द्र स्थापना


  • ढोरपाटन संवाददाता
  • चैत्र २० २०७७, शुक्रबार

बागलुङ, २० चैत– धौलागिरी आर्युेवेद औषधालयले बडिगाड गाउँपालिका वडा नं. ३ को खर्वाङ बजारमा आरोग्य केन्द्र स्थापना गरेको छ ।
आर्युेवेद औषधि वितरण, उपचार केन्द्र तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि केन्द्र स्थापना गरिएको हो । औषधालयले केन्द्र स्थापनाकै अवसरमा निशुल्क स्वास्थ्य शिविर समेत सम्पन्न गरेको छ । बुधबार गरिएको शिविरमा १ सय ५७ महिला र ७१ जना पुरुष गरी २ सय २८ बिरामीले सेवा लिएका छन् ।
औषधालयका प्रमुख डा. सरोजकुमार राय र डा. लक्ष्मीप्रसाद शर्मासहितको चिकित्सक र स्वास्थ्यकर्मी टोलीले शिविरमा बिरामीको स्वास्थ्य परीक्षण, औषधि वितरण र अन्य सल्लाह पनि दिएका थिए । औषधालयले जिल्लाभर शिविर र आरोग्य केन्द्रहरु बढाउने योजना बनाएको छ । उक्त योजना अनुसार पहिलो चरणमा खरवाङमा केन्द्र स्थापना गरिएको हो ।
औषधालयले आफ्नो नियमित कामबाहेक चालु वर्ष २ वटा आरोग्य केन्द्र स्थापना गर्ने र निशुल्क शिविर पनि गर्ने योजना बनाएको थियो । बडिगाड गाउँपालिकका अध्यक्ष मेहरसिंह पाइजाले खरवाङ बजारमा आरोग्य केन्द्रको उद्घाटन गरे । उनले मानव स्वास्थ्यका लागि आर्युेवेद सबैभन्दा पुरानो र भरपर्दो उपचार सेवा भएको बताए । साथै उनले आर्युेवेदीक औषधि नियमित सेवन गर्ने मानिस दिर्घरोगबाट बच्ने, जटिल स्वास्थ्य समस्यामा नफस्ने र गाउँघरमै पाइने जडिबुटीको संरक्षण हुने बताए । पाइजाले पनि आफ्नो बारीमा सयौं जडिवुटी लगाएका छन् । औषधालयले चालु वर्षभित्रै ताराखोलामा पनि आरोग्य केन्द्र स्थापना गर्ने लक्ष राखेको छ ।
आयोग्य केन्द्र स्थापनाको अबसरमा डा. रायले तत्काल उपचार आवस्यक पर्ने घटना बाहेक आर्युेवेदको उपचार पद्धतीले मानव शरीरमा कुनै असर नपर्ने बताए । उनले विश्वमा कुनै उपचार पद्धती नहुँदा पनि नेपालमा आर्युेवेद रहेको भन्दै यो क्षेत्रको प्रचार अभावले विश्वास घटेको पनि बताए । धौलागरी आर्युेवेद औषधालयका अध्यक्ष राजिव घिमिरेको अध्यक्षता, डा. रायको स्वागत तथा लेखा अधिकृत देव शर्मा आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->