बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सुरु भयो हात्तीपाइले औषधि अभियान

सुरु भयो हात्तीपाइले औषधि अभियान


  • ढोरपाटन सम्वाददाता
  • चैत्र २१ २०७७, शनिबार

बागलुङ, २१ चैत– शुक्रबारदेखि बागलुङमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ । गण्डकी प्रदेशका दुई जिल्ला बागलुङ र पर्वतमा यो अभियान थालिएको हो ।
११ औं पटक औषधि खाँदासमेत हात्तीपाइले रोगका बिरामी फेला परेकाले १२ औं पटक आमऔषधि सेवन कार्यक्रम सञ्चालन भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । यो अभियान चैतको २३ गतेसम्म सञ्चालन हुनेछ ।
जिल्लाको बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थान र जैमिनी नगरपालिका वडा नं. १ कुश्मीशेरामा भएको जाँचमा बिरामीहरु देखिएपछि पुनः औषधि खुवाउन लागिएको हो ।
शुक्रबार नजिकको स्वास्थ्य संस्था पुगेर सर्वसाधारणले औषधि खाएका छन् । शनिबार र आइतबार घरमै स्वास्थ्यकर्मी पुगेर औषधि खुवाउने तयारी रहेको कार्यालयका जनस्वास्थय निरीक्षक लक्ष्मी शर्माले बताईन् ।
२ लाख ८४ हजार ४ सय ७२ जनसंख्या रहेको बागलुङमा २ लाख ६४ हजार ८ सय ८६ जनालाई औषधि खुवाउने लक्ष छ । २ वर्षमुनिका बालबालिकाको संख्या ११ हजार ८ सय ४० र गर्भवती रहेका ७ हजार ७ सय ९६ जनाले यो पटक औषधि खाने छैनन् ।
अफवाहको रुपमा फैलिने औषधिको नकरात्मक प्रभावका समाचारले नागरिकले औषधि खान नखोजेको भन्दै शर्माले औषधिले कुनै असर नगर्ने भएकाले ढुक्क भएर औषधि खान आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->