बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङ कालिका मन्दिर परिसरमा आगलागी, नियन्त्रण बाहिर

बागलुङ कालिका मन्दिर परिसरमा आगलागी, नियन्त्रण बाहिर


  • ढोरपाटन संवाददाता
  • चैत्र २१ २०७७, शनिबार

बागलुङ, २१ चैत– प्रसिद्ध बागलुङ कालिका मन्दिर परिसरमा रहेको जंगलमा आगलागी भएको छ । शनिवार दिउँसो काठेखोला छेउमा रहेको फोहोर व्यवस्थान स्थलदेखि सुरु भएको आगो मन्दिरको जंगल परिसरमा प्रवेश गरेको हो ।
आगो नियन्त्रणका लागि नेपाल प्रहरी, ससस्त्र प्रहरी र नेपाली सेनाको समुहले प्रयास गरिरहेको भएपनि नियन्त्रणमा लिन नसकिएको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले बताए । आगलागीका कारण मन्दिरको पश्चिम पट्टिरहेको आधा जंगल नष्ट भएको छ । मन्दिर परिसर नजिकै आगो आईपुगेकाले मन्दिर जोखिममा रहेको उनको भनाई थियो । जंगलमा कुहिएका काठ, रुखका पातहरु र झार जंगल बढी भएकाले नियन्त्रणमा कठिनाई भैरहेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->