नवलपुर, २२ चैत– वार एशोशियसन नवलपुरको अध्यक्षमा चेतनारायण भुसाल निर्वाचित भएका छन् । भुसालले अर्का उम्मेदवार भुपेन्द्र खनाललाई ९ मत अन्तरले पछि पार्दै अध्यक्षमा बिजयी भएका हुन् ।
भुसालले १९ मत प्राप्त गरेका थिए भने खनालले १० मत प्राप्त गरेका थिए । अध्यक्ष बाहेक अन्य सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
सर्वसम्मत हुनेमा उपाध्यक्षमा फेकुराम गुप्ता शाह, सचिबमा चुडाबहादुर आले, कोषाध्यक्षमा प्रकाश सापकोटा छन् । यस्तै, सदस्यहरुमा गणेश प्रसाद पोख्रेल, चेत प्रसाद शर्मा, जनकराज ढुङ्गाना, दिपक भट्टराई, भोजराज दाहाल, संगिता बस्याल र पदमलाल चौधरी सर्वसम्मत भएका हुन् । यस्तै, केन्द्रिय पार्सदमा श्रीधर शर्मा र गणेशराज सिग्देल चयन भएका छन् ।





