नेपाल पत्रकार महासंघको नेतृत्वका लागि आइतबार देशभरका सबै जिल्लामा मनोनयन दर्ता भएका छन् । महासंघको संशोधित विधान अनुसार यसबर्ष देखि महासंघको निर्वाचन प्रत्यक्ष निर्वाचित प्रणाली अनुसार हुँदैछ ।
जस अनुसार जिल्ला, प्रदेश र केन्द्रको सबै निर्वाचित एकै दिन चैत २५ गते हुँदैछ । जसका लागि गण्डकी प्रदेशका जिल्लाहरुमा पनि आइतबार मनोनयन दर्ता भएका छन् । गण्डकी प्रदेशको राजधानी समेत रहेको कास्कीको निर्वाचन धेरैले चासो दिएका छन् । प्रदेशमै सबैभन्दा धेरै सदस्य संख्या भएकाले पनि कास्कीको निर्वाचनलाई आम मानिसले चासो दिएका हुन् ।
महासंघको कास्की जिल्ला अध्यक्षमा वर्तमान कार्यसमितिकी उपाध्यक्ष विमला भण्डारी र केशवशरण लामिछानेबीच प्रतिष्पर्धा हुँदैछ । पत्रकारहरु स्पष्ट दुई खेमामा विभाजित हुँदा भण्डारीलाई नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन, माओवादी केन्द्र निकट प्रेस सेण्टर, एमालेको माधव नेपाल समूहसँग निकट प्रेस चौतारीसहितका पत्रकारआवद्ध संघ÷संगठनले सघाएका छन् । पत्रकार महासंघ कास्कीको सदय पदमा ढोरपाटन सहकर्मी विजय नेपालीले पनि उम्मेदवारी दिएका छन् ।
उता, लामिछानेलाई सरकारमा रहेको एमाले निकट प्रेस चौतारीले उम्मेदवार बनाएको हो । भण्डारीको समूहबाट उपाध्यक्षमा रामप्रसाद तिमिल्सिना, महिला उपाध्यक्षमा रविना आले, सचिवमा दीपक परियार, सहसचिव समावेसीमा रेम विक, सहसचिवमा श्रीराम सिग्देल, कोषाध्यक्षमा कृण दवाडीले उम्मेवारी दिएका छन् । सो समूहबाट महिला सदस्यमा सपना अधिकारी, दलित सदस्यमा विजय नेपाली, आदिवासी जनजाति सदस्यमा पदम श्रेष्ठको उम्मेदवारी परेको छ । यस्तै अल्पसंख्यक सदस्यमा जैनव खातुनले उम्मेदारी दिएकी छन् ।
एमाले ओली समूह निकट प्रेस चौतारीबाट उम्मेदवार बनेका केशवको टिममा उपाध्यक्षमा अर्जुन गिरी, महिला उपाध्यक्षमा जमुना शर्मा वर्षा, सचिवमा माधव बराल, समावेसी सहसचिवमा दीपककुमार श्रेष्ठ, सहसचिवमा मानबहादुर घर्ती,कोषाध्यक्षमा एकराज गिरी रहेका छन् । सोही समूहको महिला सदस्यमा तारा चापागाईँ दुबे, दलित सदस्यमा सूर्य सुनार,आदिवासी जनजातिको तर्फबाट महिला सदस्यमा खिमकुमारी गुरुङ र अल्पसंख्यक सदस्यमा सूर्यबहादुर परियार रहेका छन् । खुल्ला उपाध्यक्षमा रञ्जन अधिकारी क्षेत्री र सचिवमा गौतम रानाभाट र कोषाध्यक्षमा ओमप्रकास उपाध्यायले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
खुल्ला सदस्यहरुमा यसैगरी खुला कार्यसमिति सदस्य पदमा २२ जनाको उम्मेदवारी परेको छ । जसमा उमा आले मगर, कञ्चन थापा, कमल सुवेदी, गीता राना मगर, गौरव त्रिपाठी, धनबहादुर गुरुङ ‘सुमन’, पुष्पराज दाहाल, प्रभु अधिकारी, विनिता सुनार खातुन, वीरेन्द्र सापकोटा, विष्णु गौतम, भीमबहादुर थापा ‘भीम भाई’, भेषराज सुवेदी‘जीवन सुवेदी’,रोहितराज पराजुली, शिवराज वस्ताकोटी ‘शिव दाई’, सन्तोष बस्याल, सन्तोष सुवेदी, सन्दीप पौडेल, सुरेश अधिकारी, श्रीभद्र पौडेल, युवराज गुरुङ ‘युनिश’ र हरि पन्त रहेका छन् । राष्टिय परिषद सदस्यमा १४ जना र प्रदेश परिषद सदस्यमा २८ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन तालिका अनुसार चैत २३ गते अपरान्ह १२ः३० बजेसम्म उम्मेदवार उपरको दावी बिरोध, दिउँसो २ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । चैत २३ गते दिउँसो ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । चैत २५ गते बिहान ९ बजदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।यही चैत २५ गते पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रको निर्वाचना हँुदैछ । जिल्लासँगै प्रदेश र केन्द्रको एकैपटक निर्वाचन हुन लागेको यसपालि पहिलोपटक हो । जिल्लाबाट गरिने प्रत्यक्ष मतदानबाट प्रदेश र केन्द्रको नेतृत्व चयन पनि पहिलोपटक हुँदैछ ।
बागलुङको चुनावमा ३ प्यानल
नेपाल पत्रकार महासंघ बागलुङको सातौ अधिवेसनका लागि ३ वटा समुहले उमेदवारी दर्ता गरेका छन् । चैत २५ गते हुने अधिवेसनका लागि उमेदवार मनोनयन दर्ता अन्तरगत राम थापा अविरल नरेश कँडेल र बिजय रानाको नेतृत्वमा ३ वटा समुहले उमेदवारी दर्ता गरेका हुन् ।
अध्यक्षमा राम थापा अविरल आवद्ध प्रेस संगठनको नेतृत्वमा प्रेस चौतारीको अर्को समुहले संयुक्त र नरेश कँडेल आवद्ध नेपाल प्रेस युनियनको नेतृत्वमा प्रेस चौतारी नेपालको एक समुहले संयुक्त तथा प्रगतिशिल पत्रकार संघ नेपालले एकल रुपमा उमेदवारी दिएको हो ।
राम थापा अविरलको नेतृत्वको उपाध्यक्षमा थम्मन थापा महिला उपाध्यक्षमा जिवनकला खत्री, सचिवमा तारानाथ आचार्य, सहसचिव खुल्लामा बिमल खड्का सहसचिव समावेसीमा अनिष खाती कोषाध्यक्षमा सूर्यबहादुर बिक, खुल्ला सदस्यमा कृष्णप्रसाद सापकोटा, योगेश खड्का, सुर्य गौतम, जमुना शर्मा, योगेन्द्र बिश्वकर्मा दलित सदस्यमा जनजाती सदस्यमा केहरसिंह राना अल्पसंख्यक देउमाया राना सदस्यमा महिला सदस्यमा मनिषा शर्माले उमेदवारी दिएका हुन् ।
नरेश कँडेल नेतृत्वको उपाध्यक्षमा नविन शिशिर बिक, महिला उपाध्यक्षमा सिर्जना पन्त, सविचमा रेणु केसी, समावेसी सह–सचिवमा खगेन्द्र बिक, खुल्ला सह–सचिवमा नारायण रिजाल, कोषाध्यक्षमा खेमराज गौतम सुवास, खुल्ला सदस्यमा अर्जुन कार्की, डम्वर बुढा, बालकृष्ण सुवेदी, प्रदिप पन्त, छविलाल पाण्डे, महिला सदस्य साधना पन्त, र दलित सदस्यमा नवराज नेपालीले उमेदवारी दिए ।
यस्तै प्रगतिशिलि पत्रकार संघको तर्फवाट सचिव पदमा बिजय रानाको नेतृत्वमा खुल्ला सदस्यमा गुमा आचार्य, नविनप्रताप जिसी जनजाती सदस्यमा प्रशान्त घर्ती मगरले उमेदवारी दिनुभएको छ । निर्वाचन कार्यक्रम अन्तरगत सोमवार उमेदवारहरुका लागि दावि बिरोध तथा उमेदवार फिर्ताको समय रहेको निर्वाचन अधिकारी हिराबहादुर केसीले जानकारी दिए ।
स्याङ्जामा श्रीकृष्ण निर्विरोध
नेपाल पत्रकार महासंघ स्याङ्जाको अध्यक्षमा श्रीकृष्ण सिग्देल निर्विरोध विजयी भएका छन् । उनी नेपाली कांग्रेस निकटद नेपाल प्रेस युनियन स्याङ्जाका निवर्तमान अध्यक्ष हुन् । यसैगरी महिला उपाध्यक्ष भवानी अधिकारी, उपाध्यक्षमा राधाकृष्ष्ण डुम्रे,सचिवमा प्रतीक्षा काफ्ले, सह सचिवमा तोलाकान्त बगाले र भूपराज बस्याल कोषाध्यक्षमा रमेश ( एकबहादुर ) गोदार निर्विरोध निर्वाचित भएका हुन् ।
महासंघको सदस्यहरुमा अमृत अर्याल, खगेन्द्र भण्डारी, जोराज पाठक, रामप्रसाद लामिछाने, रामु भट्टराई र शालीकराम पोख्रेल निर्विरोध निर्वाचित भएका छन् । स्याङ्जामा प्रेस युनियन, प्रेस सेण्टर र प्रेस चौतारीबीच सहमति भएको हो ।
तनहुँ अध्यक्षमा मियाँ र पौडेलको उम्मेदवारी
नेपाल पत्रकार महासंघ तनहुँको अध्यक्षमा २ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा हालका सचिव उज्जवल पौडेल र शेख मोहम्द हनिफ (गोरा मियाँ ) मियाँले आइतबार उम्मेदवारी दर्ता गराएका हुन् । पौडल जनता समाजवादी नेपाल निकट प्रेस मञ्चका उम्मेदवार हुन् । मियाँ नेपाली कांग्रेस निकट प्रेस युनियनका उम्मेदवार हुन् ।
तनहुँमा कुल ४८ जनाको उम्मेदवारी परेको छ । तीमध्येबाट २९ जना निर्वाचित हुनेछन् । पत्रकार महासंघ तनहुँको निर्वाचनमा १ सय १६ जनाले मतदान गर्नेछन् ।
उपाध्यक्ष खुलामा समुन्द्र पौडेल र धनपती अधिकारीको उम्मेदवारी परेको छ । उपाध्यक्ष महिलामा सम्झना रसाइली र अस्मिता खनाल प्रतिष्पर्धा गर्दैछन् भने सचिवमा कृष्णचन्द्र न्यौपाने र प्रताप राना प्रतिष्पर्धामा उत्रिएका छन् ।
सहसचिव खुलामा ऋषिकान्त दुवाडी र प्रकाश अधिकारीले उम्मेदवारी दिँदा समावेशीतर्फ सुनिता आचार्य र मिलाकुमारी दरैको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जानकारी दिएको छ । कोषाध्यक्षमा मदन तिमल्सेना र बिमला दुवाडी भिड्ने भएका छन् ।
खुला सदस्यमा चित्रबहादुर गुरुङ, विनोद ढुंगाना, किरण श्रेष्ठ, धुर्वराज सुवेदी, सुर्यभक्त पौडेल, उपेन्द्र खनाल, प्रकृती खनाल, रविन्द्र कडेल, राजेश्वर हड्खले, बिकास खनाल, बिष्णु गौतम र श्रीहरि पौडेल उम्मेदवार बनेका छन् । महिला सदस्यमा विन्दु वाग्ले र सुनिता थापा प्रतिष्पर्धामा उत्रदैँछन् । जनजाति सदस्यमा राजकुमार श्रेष्ठ (विवी) र सृजना राना चुनावी मैदानमा होमिएका छन् । दलित सदस्यमा अशोक विश्वकर्मा र मुना कालिराज विकको उम्मेद्वारी परेको छ । समावेशी सदस्य अन्यमा भने रामशरण नेपाली सर्वसम्मत निर्वाचित भएका छन् । यो कोटामा उनको मात्रै एकल उम्मेदवारी परेपछि निर्वाचन अगावै उनी निर्वाचित भएका हुन् ।
केन्द्रीय परिषद् सदस्यमा महिलातर्फ बसन्ती बास्तोला र अञ्जना तिमिल्सिना, समावेशीमा मनोरथ शर्मा, रामबहादुर घले र ओमकार आचार्यको उम्मेदवारी परेको छ । उनीहरुबाट ३ जना निर्वाचित हुनेछन् ।
८ जना चयन हुने प्रदेश परिषद् सदस्यमा १० जनाको उम्मेदवारी परेको छ । रघुनाथ पौडेल, रविना ढकाल, राजकुमार श्रेष्ठ, दिवस तिवारी, रमेश विकल, राजिवलाल श्रेष्ठ, ईश्वरीप्रसाद ढकाल, मदन वाग्ले, पुर्णबहादुर विके र शंकरराज नहर्कीको उम्मेदवारी परेको छ ।तनहुँमा प्रेस चौतारी र प्रेस मञ्चबीच चुनावी गठबन्धन भएको छ । यस्तै प्रेस युनियन र प्रेस सेन्टरबिचको गठबन्धन छ । यद्यपि प्रेस सेन्टरका दुई जनाले भने अन्तिम समयमा आएर प्रेस चौतारी, प्रेस मञ्चबीचको गठबन्धनमा मिसिएर उम्मेद्वारी दिएका छन् ।





