शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

पत्रकारको चुनाव सकियो : कहीँ परिणाम सार्वजनिक, कतै भोट गन्दै

पत्रकारको चुनाव सकियो : कहीँ परिणाम सार्वजनिक, कतै भोट गन्दै


  • ढोरपाटन सम्वाददाता
  • चैत्र २६ २०७७, बिहिबार

पोखरा, २६ चैत– देशभर रहेका पत्रकारहरुको चुनाव सम्पन्न भएको छ । बुधबार सम्पन्न मतदानपछि केही जिल्लाको नतिजा सार्वजनिक भएको छ भने केही जिल्लामा समाचार तयार पार्दासम्म मतगणना जारी छ । केन्द्र, प्रदेश र जिल्लाहरुमा एकैपटक भएको तथा सबै साधारण सदस्यहरुले प्रत्यक्ष मतदान गरेको चुनावको अन्तिम परिणाम आउन समय लाग्नेछ । गण्डकी प्रदेशका जिल्लाहरुमध्ये मनाङको नतिजा सार्वजनिक भएको छ । त्यहाँको अध्यक्षमा एसके थकाली चुनिएका छन् । उनी माधव नेपाल निकट प्रेस चौतारीसँग आवद्ध छन् । गोर्खा अध्यक्षमा नरहरि सापकोटा विजयी बनेका छन् । उनी प्रेस युनियनसँग आवद्ध छन् । स्याङ्जा, बागलुङमा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । कास्कीमा ३१२ जना सदस्य मतदाता रहेकोमा ३०५ मत खसेको छ । यहाँ मतगणना जारी छ । मनाङमा नविन अंकुर विजयी बनेका छन् । उनी नेपाली कांग्रेस निकट प्रेस युनियनसँग आवद्ध छन् । यता गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकामध्ये कास्कीका त्रिभुवन पौडेल र तनहुँका प्रदीप काफ्ले अघि देखिएका छन् ।
आमाको निधनपछि किरिया बसेका स्याङ्जाका पत्रकार श्रीकृष्ण सिग्देल नेपाल पत्रकार महासंघको बुधबार भएको निर्वाचन कार्यक्रमअन्तर्गत मतदानमा भाग लिँदै । उनकी आमा ढाकाकुमारीको यही चैत १६ गते निधन भएको हो । किरियामै बसेका श्रीकृष्ण पत्रकार महासंघ स्याङ्जाको निर्विरोध अध्यक्ष चुनिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->