बागलुङ, २८ चैत– राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुक्रवार बागलुङका आठ जनाले मानपदक तथा विभुषण पाएका छन् । उनीहरुलाई २०७६ सालको संविधान दिवसको दिन घोषणा गरिएको पदक वितरण गरिएको हो ।
विभूषितमध्ये उद्योगी चन्द्रप्रसाद ढकालले कीर्तिमय राष्ट्रदिप चौथो पदक पाएका छन् । त्यस्तै धौलागिरी अञ्चल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले प्रबल जनसेवा श्री चौथोबाट विभुषित भएका हुन् ।
उक्त विभुषणबाट नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्मा, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका सूचना अधिकारी तेजप्रसाद निउरे, ढोरपाटन स्थित हनुमानध्वज गुल्मका सेनानी रविजंग खड्का र बागलुङ नगरपालिका ३ का अगुवा किसान मोतीलाल सापकोटाले विभुषण भएको नेपाल राजपत्रमा उल्लेख छ ।
त्यस्तै बागलुङ नगरपालिका ११ का समाजसेवी राजेन्द्रबहादुर थापा र रवीन कार्की समेत बिभूषित भएका छन् । पर्वतका पत्रकार दुर्गाप्रसाद शर्माले पनि उक्त पदक पाएका छन् ।
राष्ट्रपति भवनमा आयोजित बिशेष कार्यक्रममा देशभरका ६ सयबढी व्यक्तिलाई मानपदवी तथा अलंकारबाट बिभुषित गरिएको हो । उनीहरुले सामाजिक तथा राजनीतिक क्षेत्रमा गरेको योगदान स्वरुप नेपाल सरकारले सिफारिस गरेपछि राष्ट्रपतिबाट पदक बितरण गर्ने गरिन्छ ।





