नवलपुर, २८ चैत – नवलपुरको गैंडाकोटबाट प्रहरीले ६ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । गैंडाकोट नगरपालिका वडा नं. १ बाघखोरबाट प्रहरीले ८३ हजार ८ सय साठी रुपैंया नगद र ३ बुक तास सहित नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारीका अनुसार स्थानीय बिनोद गुरुङको घरमा जुवातास खेलेको सुचना प्राप्त भएका आधारमा घर–कोठा खानतलासी गर्दा जुवा खेलिरहेकै अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिईएको उल्लेख छ ।
पक्राउ परेकाहरुसँग मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद ५ को दफा १२५ अनुसार आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।





