बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मध्यरातमा फर्निचरमा आगलागी, अझै नियन्त्रणमा आएन्

मध्यरातमा फर्निचरमा आगलागी, अझै नियन्त्रणमा आएन्


  • ढोरपाटन संवाददाता
  • चैत्र २९ २०७७, आइतबार

बागलुङ, २९ चैत– सदरमुकाममा रहेको एक फर्निचरमा आगलागीहुँदा लाखौंको क्षति भएको छ । बागलुङ नगरपालिका–३ गुठिमा रहेको सिर्जना फर्निचरमा हिजोराती आगलागी भएको हो । आगो अझै नियन्त्रणमा आएको छैन् । फर्निचरमा रहेका सबै काठपात तथा तयारी सामग्रीहरु जलेकाछन् । आगो नियन्त्रणका लागि प्रहरी ससस्त्र प्रहरी र बागलुङ नगरपालिकाको दमकल प्रयोग भैरहेको छ । राती दुईबजे सुरु भएको आगलागी आईतवार बिहानसम्म नियन्त्रणमा नआएको हो । क्षतिको पूर्ण विवरण आईनसकेको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले बताए । बिराट बोहराले गुठिमा सञ्चालन गरेको फर्निचरमा आगो लाग्दा आसपासका घरहरु समेत जोखिममा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->