
तनहुँ, २९ चैत – नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओलीको सरकारले जनताको मतको दुरुपयोग गरेको जिकिर गरेका छन् । जनतालाई भोटका लागि मात्रै प्रयोग गर्न नहुने उनको भनाई छ ।
गृह जिल्ला आएका पौडेलले शनिबार दमौलीमा पत्रकारसँगको कुराकानीमा जनताले भोट दिएपछि त्यसको परिणाम निस्कनुपर्ने बताए । ‘
उनले जनताको मतको दुरुपयोग गर्ने सत्तालाइ अपदस्थ गरेर नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा आफुहरु लागेको उनले बताए । माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर कांग्रेस नयाँ सरकार गठनको प्रक्रियामा रहेको वरिष्ठ नेता पौडेलले बताए । शुक्रबार कांग्रेसको नेतृत्वमा तीन दलबीच भएको छलफल सकारात्मक दिशामा अगाडी बढेको वरिष्ठ नेता पौडेलले जनाए ।





