बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

आगलागी अपडेट : घाईतेको उपचारहुँदै, झण्डै २० लाखको क्षती

आगलागी अपडेट : घाईतेको उपचारहुँदै, झण्डै २० लाखको क्षती


  • ढोरपाटन सम्वाददाता
  • चैत्र २९ २०७७, आइतबार

बागलुङ, २९ चैत– बागलुङ नगरपालिका–३ गुठीमा गएराती आगोलागीमा परेर दुई जना घाईते भएकाछन् । आगलागीमा परेका सिर्जना फर्निचरका सञ्चालक बागलुङ नगरपालिका–१३ बलेवार्का ३३ बर्षिय बिराज भन्ने केशब हरीजन र बागलुङ नगरपालिका–३ गुठीका ६४ बर्षिय डम्मर बहादुर कार्कीको धौलागिरि अस्पतालमा उपचार भैरहेको छ ।
दुवैजनाको बाहिरी चोट केही नरहेको भएपनि धुवाले सास फेर्ने गाह्रो भएको बताइएको छ । उनीहरुको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ । आगोलागीले फर्निचरमा मात्रै १८ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ । आगालागी भएको फर्निचर नजिकै रहेको डम्बर बहादुर कार्किको घरमा फर्निचर तर्फको घरको झ्याल ढोका लगाएत अन्यमा झण्डै २ लाख क्षति पुगेको हो ।
सोही घरको दोस्रो तलामा डेरा गरी बस्ने लाल बहादुर थापा को कोठामा आगालागी भई कोठामा रहेको सम्पुर्ण सामान जल्दा एक लाख पचास हजार बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले बताए । बिहान ८ बजे आगो नियन्त्रणमा आएको हो । आगो नियन्त्रणकालागि ससस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र बागलुङ, पर्वत र म्याग्दीका तीनवटा दमकल प्रयोग भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->