बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पर्वतको नाग्लिवाङ मा भीषण आगलागी, दर्जनौ घर जोखिममा

पर्वतको नाग्लिवाङ मा भीषण आगलागी, दर्जनौ घर जोखिममा


  • ढोरपाटन संवाददाता
  • चैत्र ३० २०७७, सोमबार

पर्वत, ३० चैत – गर्मीयाम शुरु भएसँगै देशका विभिन्न ठाउँमा आगलागीका घटना बढेका छन् । लामो समय खडेरी पर्नु र हावाहुरीलगायतका कारण आगलागीका घटना बढ्दै गएका हुन् । पर्वतमा यस वर्ष करीब २०० हेक्टरभन्दा बढी क्षेत्रफलको वनमा आगलागी भएको छ ।
कुश्मा नगरपालिका र जलजला गाउँपालिकाको सिमा क्षेत्रमा रहेको बन र जलजला गाउँपालिकाको  नाग्लिवाङकाे बनमा यो समाचार तयार गर्दासम्म भीषण आगलागी भैरहेको छ । आगो बस्तिको नजिकै आईरहेकाले त्यहाँ दर्जनौं घरहरु जोखिममा छन् ।
जिल्ला वन कार्यलयको तथ्याङ्कअनुसार पर्वतका करीब ३२ वटा सामुदायिक वनमा यसवर्ष आगलागी भएको छ । गर्मीसँगै हावाहुरी बढी चल्ने हुँदा आगो उडाएर घर तथा वन क्षेत्रमा आगलागी हुने गरेको वन कार्यलयले जनाएको छ । कार्यलयका अनुसार पर्वतमा वर्सेनि सयौँ हेक्टर जमीनमा आगलागी हुने गरेको छ ।

वनमा लागेको आगलागीका कारण आसपासका बस्तीसमेत जोखिममा परेका छन् । डिभिवन वन कार्यलय पर्वतका प्रमुख मेघराज पौडेलका अनुसार समयमा पानी नपर्नु र मानिसको हेलचक्क्र्याइँले गर्दा वनमा धेरै डढेलो लागेको हो । मानिसले व्यक्तिगत जग्गामा पातपतिङ्गर पोलेर छाड्दा होस् या सडक बढारेको फोहर नालीमा फालेर आगो लगाउँदा होस् यस्तो समयमा धेरै आगलागी हुने गरेको छ ।

गत वर्षको तुलनामा यस वर्ष वनमा धेरै मात्रामा डढेलो लागेको छ । आगलागी भएका वनमा सामुदायिक नै धेरै छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->