बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

शिक्षणमा प्रविधि : पब्जी खेल्नेहरु शैक्षिक सामग्री खोज्न थाले

शिक्षणमा प्रविधि : पब्जी खेल्नेहरु शैक्षिक सामग्री खोज्न थाले


  • ढोरपाटन संवाददाता
  • चैत्र ३१ २०७७, मंगलबार
फाईल तस्विर

बागलुङ, ३१ चैत– ‘कक्षा कोठामा अध्यापनका लागि पुग्नुअघि शिक्षकले पूर्वतयारी गरेनन् भने पाठ्यक्रम अनुसारको पठनपाठन प्रभावित हुन्छ । हरेक कक्षाको तयारी शिक्षक आफूले गरेपछि मात्रै विद्यार्थीलाई सिकाउन सक्छन्,’ रेश नुन्थला मावि काठेखोला गाउँपालिका ७ रेशका प्रधानाध्यापक ओम बहादुर थापा भन्छन्, ‘कक्षा कोठामा पुगेर अध्यापनमा सहभागि कमै शिक्षकले पूर्वतयारी गर्छन् ।’
कोरोना महामारीपछि शिक्षण सिकाइका विधि र शिक्षकहरुको तयारीमा परिवर्तन आएको छ । अघिल्लो वर्ष चैतमा कोरोना रोक्न भएको बन्दाबन्दीको समयमा विद्यालयहरुले चलाएको अनलाइन कक्षाका कारण विद्यार्थी र शिक्षक दुवैको पढाउने र पढ्ने शैली फेरीएको थापा बताउँछन् ।
‘अनलाइन कक्षाले शिक्षकहरुलाई पूर्वतयारी गर्न बाध्य बनायो, मोबाइल फोन हात पर्दा पब्जी र फ्रिफायर खेलहरुमा झुम्मिने विद्यार्थीहरु अहिले युट्युवमा पढ्ने सामग्री खोज्न थालेका छन्,’ प्रअ थापाले भने, ‘शिक्षकहरु जिम्मेवार र विद्यार्थी केन्द्रित हुने वातावरण बन्यो ।’ कोरोना समयमा प्रयोग भएको विधिलाई अहिले पनि विद्यालयले पछ्याइरहेको छ । रेश नुन्थला माविका सबै शिक्षकहरु अहिले इन्टरनेटको प्रयोग गरेर आफू अध्यावधि रहने र विद्यार्थीलाई समेत सिकाउने गरेको थापाले बताए ।
विद्यालयमा इन्टरनेटको पहुँच र विद्यार्थीसँग समेत इन्टरनेटको पहुँच हुँदा पठनपाठन प्रक्रिया सहज हुने गरेको अनुभव शिक्षण विष्णु गौतमसँग पनि छ । गौतम अहिले विद्यालयमा सबैभन्दा धेरै इन्टरनेटको प्रयोग गर्न सिपालु शिक्षकमा गनिन्छन् ।

फाईल तस्विर

विद्यालयमा ४ सय ५२ जना विद्यार्थी छन् । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई प्रविधिसँग जोडिन आग्रह गर्दा ७० प्रतिशत विद्यार्थीले सिकाईमा सहभागि भइरहेको अनुमान विद्यालयको छ । ‘अनलाइन कक्षा भनेको कक्षा कोठा जस्तो रहेन, त्रुटि हुँदाको घडीमा रेकर्ड रहने भएकाले शिक्षक जिम्मेवार बन्नै प¥यो,’ थापा भन्छन्, ‘पाठ्यक्रममा तलमाथि पर्दा विद्यार्थी शिक्षक र विद्यालय प्रशासन सबैलाई तत्कालै जानकारी हुन्छ ।’
विद्यार्थीले अनलाइनमार्फत शिक्षकले सिकाइका विषयवस्तु रेकर्ड गरेर राख्न सक्ने र दोहो¥याएर पढ्न सक्ने भएकाले यो विधि प्रभावकारी देखिएको थापाको दाबी छ । ‘तत्कालका लागि अनलाइन कक्षा सबै विद्यार्थीको पहुँचमा हुँदैन कि भन्ने थियो,’ वडा अध्यक्ष प्रेम लामिछानेले भने, ‘चाहेदेखि हुँदोरहेछ, अभिभावकहरु जिम्मेवार हुँदा सबै विद्यार्थीलाई पढाउन सकियो ।’
विद्यालय बन्द रहेको समयमा समेत पाठ्यक्रममा आधारित पठनपाठन निरन्तर चलेकाले अहिले पाठ्यक्रम सक्न र दोहो¥याउन सजिलो रहेको शिक्षकहरु बताउँछन् । विद्यालयले एक शिक्षक एक ल्यापटप कार्यक्रम सञ्चालनमा ल्याएको छ । केही शिक्षकहरुले ल्यापटप पाएका छन् भने केहीले पाउने क्रममा रहेको वडाध्यक्ष लामिछानेले बताए । कक्षा कोठामा समेत प्रोजेक्टरको माध्यामबाट अध्यापन हुने भएकाले पनि शिक्षण सामग्री तयार गर्नुपर्ने बाध्यतामा शिक्षकहरु छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->