बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नयाँ वर्ष २०७८ सुरु

नयाँ वर्ष २०७८ सुरु


  • ढोरपाटन संवाददाता
  • बैशाख १ २०७८, बुधबार

पोखरा, १ वैशाख – आजबाट विक्रम संवत् २०७८ सालको नयाँ वर्ष सुरु भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालीहरुले एकापसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।
गत वर्ष गरेका कामको सफलता र असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्ने दिनको रुपमा पनि नयाँ वर्षलाई लिने गरिन्छ ।
गत वर्ष बन्दाबन्दीका कारण घुमफिर गर्न नपाएका नेपालीहरु यस वर्ष भने पर्यटकीय क्षेत्रमा पुगेका छन् । पोखरा, सौराहा, धुलिखेल, नगरकोट लगायतका स्थानमा नयाँ वर्ष मनाउन पुगेकाहरु देखिन्छन् ।
यस वर्ष पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सरकारले स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड पालना गरी नयाँ वर्ष मनाउन सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->