बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सम्पादक गौतम प्रबल जनसेवाश्री मानपदवीबाट विभुषित

सम्पादक गौतम प्रबल जनसेवाश्री मानपदवीबाट विभुषित


  • ढोरपाटन सम्वाददाता
  • बैशाख १ २०७८, बुधबार

बागलुङ, १ बैशाख– ढोरपाटन सञ्चार प्रा.लि.द्धारा प्रकाशित ढोरपाटन दैनिक, ढोरपाटनन्युज डटकम र धौलागिरी स्टार साप्ताहिकका प्रधान सम्पादक हरिनारायण गौतमलाई राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रवल जनसेवाश्री पदकले बिभुषित गरेकी छिन् ।
नेपाल सरकारले संविधान दिवसको अबसरमा मानपदवी घोषणा गरेअनुसार बुधबार शितल निवासमा आयोजित कार्यक्रममा गौतमलाई बिभुषित गरिएको हो । पत्रकारिताको क्षेत्रमा लामो समय काम गरेको र सामाजिक क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै गौतमलाई उक्त पदक दिइएको हो ।
नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा भएको उल्लेखनीय योगदानको उच्च मुल्यांकन गर्दै सम्मान स्वरुप मानपदवीबाट विभुषित गरिएको विभुषण अधिकारपत्रमा उल्लेख छ । मानपदवीको गरिमा अक्षुण्ण राख्दै नेपाल र नेपाली जनताको गौरव एवं श्रीवृद्धिमा थप सफलताको कामना पनि विभुषण अधिकारपत्र मार्फत गरिएको छ ।
गौतमले सम्पादन गरेको ढोरपाटन दैनिक १८ वर्षदेखि बागलुङबाट प्रकाशित भैरहेको छ । साथै तीन वर्षदेखि पोखराबाट समेत प्रकाशित ढोरपाटन दैनिक गण्डकी प्रदेशको ‘क’ वर्गमा सूचिकृत छ । सम्पादक गौतम नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य र तत्कालिन पश्चिमाञ्चल संयोजक र बागलुङ शाखाका पूर्वअध्यक्ष समेत हुन् । सशस्त्र द्वन्द्वको समयमा गौतमले बागलुङमा बसेर गरेको रिर्पोटिङ विशेष चर्चामा छन् । उक्त समयमा जोखिम मोलेर पत्रकारिता गर्ने थोरै पत्रकार मध्येमा उनी पर्छन् ।
सोही कार्यक्रममा तत्कालिन जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत एवं हाल जिल्ला कारागार म्याग्दीका प्रमुख धिरेन्द्रराज पन्त पनि बिभुषित भएका छन् । उनले लामो समय प्रशासकीय अधिकृतसँगै सहायक प्रजिअको भूमिकासमेत निर्वाह गरेका थिए । उनी राष्ट्रसेवक कर्मचारीको तर्फबाट विभुषित भएका हुन् । त्यस्तै सोही कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली पनि विभुषित भएका छन् । उनी जनप्रतिनिधिको तर्फबाट विभुषित भएका हुन् । गण्डकी प्रदेश सरकारका दलवहादुर अधिकारी पनि विभुषित भएका छन् ।
कार्यक्रममा बागलुङबाट पत्रकारिता सुरु गरेका र हाल एवविसी टेलिभिजनका अध्यक्ष शुभशंकर कँडेल पनि विभुषित भएका छन् । उनीसंगै पत्रकार सागर पण्डित, राजेश अर्याल, सुर्यमणी गौतम, केसी लामिछाने, विमल पौडेल, सविन प्रियसन, टिका विष्ट लगायत विभुषित भएका छन् । सरकारले वुधवार देशभरबाट विभिन्न विद्याका ४ सय ५२ जनालाई विभिन्न पदकबाट विभुषित गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->