शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सर्वसाधारणको सुविधाका लागि आँधीखोलामा घुम्ती शिविर

सर्वसाधारणको सुविधाका लागि आँधीखोलामा घुम्ती शिविर


  • ढोरपाटन सम्वाददाता
  • बैशाख ३ २०७८, शुक्रबार

स्याङ्जा, ३ वैशाख– स्याङ्जाको आँधीखोला गाउपालिकामा व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा कार्यक्रम दर्ता अभियान घुम्ति शिविर सुरु भएको छ ।
आँधीखोला गाउँपालिका– १, पञ्चमुल राजास्वारामा आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधिरकुमार पौडेलले पवनकाजी अधिकारी र भावना पौडेलको नव विवाहित जोडीलाई विवाह दर्ताको प्रमाणपत्र प्रदान गरी अभियान सुरु गरेका हुन् ।
दर्ता शिविर बाट छुटेका व्याक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ताको निवेदन दर्ता र गुनासो दर्तासम्बन्धी काम हुनेछन । दर्ता शिविर आँधीखोला गाउँपालिकाका छ वटै वडाका १८ स्थानमा सञ्चालन हुनेछन । आँधीखोला गाउँपालिकाले सेवा प्रदायक छनौट गरेर समयमा नै व्याक्तिगत घटना दर्ताका किताबहरु डिजिटाईज गरी ६ वटै वडामा रहेका ढड्डामा रहेका जम्मा ३४ हजार २ सय जनाको जन्म, मृत्यु, विवाह जस्ता घटना दर्ताहरु अनलाइन प्रणालीमा राखिएको सूचना प्रविधि अधिकृत रोशन लामिछानेले जनाए ।

गाउपालिकाका अध्यक्ष सुधिरकुमार पौडेलले समयमै आफ्ना घटना दर्ता गराई नागरिकको कर्तव्य पूरा गर्न आग्रह गरे ।
आँधीखोला गाउपालिका वडा नम्बर १ पञ्चमुलका अध्यक्ष लोकप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न शिविरमा वडासदस्य नारायण प्रसाद अधिकारीस्थानीय पञ्जिकाधिकारी गुरुप्रसाद ढकाल, सेवा प्रदायक संस्था आस्क नेपालका हरिप्रसाद ढकाल, दर्ता सहायक बाबुराम बिकलगायतले बोलेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->