मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

भोटेकोशी बाढीपीडितलाई हेम्जा बोर्डिङको एक लाख सहयोग

भोटेकोशी बाढीपीडितलाई हेम्जा बोर्डिङको एक लाख सहयोग


  • ढाेरपाटन संवाददाता
  • असोज २० २०८३, मंगलबार

पोखरा / रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि पोखरा–२५, हेमजास्थित हेमजा बोर्डिङ स्कुलले १ लाख १ हजार १ सय १ रुपैयाँ सहयोग गरेको छ।

बाढीपीडित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालय परिवारले उक्त रकम उपलब्ध गराएको हो। प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको दुःखमा साथ दिन सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको विद्यालयले जनाएको छ। विद्यालयले ७० हजार प्रधानमन्त्री राहत कोषामा र ३१ हजार १ सय १ रुपैया एन प्याब्सन मार्फत प्रधानमन्त्री राहत कोषामा जम्मा हुने गरी १ लाख १ हजार १ सय १ रुपैया सहयोग गरेको हो । उक्त रकम विद्यालय प्रशाशन, शिक्षक कर्मचारी र विद्यार्थीबाट संकलन गरी सहयोग गरीएको हो ।

उक्त रकम विद्यालयका संस्थापक निर्देशक माधव शरण पौडेलले एन प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष याम खड्का, कास्कीका अध्यक्ष मनकाजी गुरुङ, निवर्तमान अध्यक्ष हेमन्त अधिकारी सहित कास्कीका पदाधिकारी तथा सदस्यहरुलाई हस्तान्तरण गरेका थिए ।

विद्यालयका संस्थापक निर्देशक पौडेलले विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्नु मानवीय तथा सामाजिक दायित्व भएको बताए । बाढीका कारण ठूलो क्षति व्यहोरेका परिवारको राहत र पुनःस्थापनामा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको उनको भनाइ छ।

यसैगरी, एन प्याब्सन कास्कीका अध्यक्ष मनकाजी गुरुङले विपद्का समयमा शैक्षिक संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै मानवीय सेवामा योगदान पु¥याउनुपर्ने बताए। उनले हेम्जा बोर्डिङ स्कुलले बाढीपीडितका लागि गरेको सहयोग सकारात्मक र अनुकरणीय रहेको उल्लेख गरे।

भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा क्षेत्रमा जनधनको क्षति भएपछि प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ। यसैक्रममा पोखरा–३० मा अवस्थित न्यू लेखनाथ पब्लिक एकेडेमीले एन प्याब्सन कास्की मार्फत प्रधानमन्त्री राहत कोषामा ३५ हजार सहयोग गरेको छ । विद्यालयका संस्थापक हरिराज अधिकारी एन प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष याम खड्का, कास्कीका अध्यक्ष मनकाजी गुरुङ, निवर्तमान अध्यक्ष हेमन्त अधिकारी सहित कास्कीका पदाधिकारी तथा सदस्यहरुलाई हस्तान्तरण गरेका थिए ।

त्यसैगरी पोखरा–९ मा अवस्थित सिद्धार्थ लबडेल बोर्डिङ स्कुलले पनि एन प्याब्सन कास्की मार्फत प्रधानमन्त्री राहत कोषामा २५ हजार सहयोग गरेको छ । विद्यालयका संस्थापक प्रिन्सिपल याम खड्काले एन प्याब्सन कास्कीका अध्यक्ष मनकाजी गुरुङ, निवर्तमान अध्यक्ष हेमन्त अधिकारी सहित कास्कीका पदाधिकारी तथा सदस्यहरुलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->