बागलुङ, ३ वैशाख– चट्याङले लघुजलविद्युत आयोजनाको प्रसारण लाईनमा क्षति पु¥याएपछि बागलुङको निसीखोलामा विद्युत आपूर्ति बन्द भएको छ । निसीखोलामा सञ्चालनमा रहेको बासखोला लघुजलविद्युत आयोनजनाको प्रसारण लाईनमा परेको चट्याङले तीन सय घरको वाईरिङमा क्षति पु¥याएको छ ।
निसीखोला गाउँपालिका वडा नं. २ का तीन सय घरमा विद्युत आपूर्ति बन्द भएको वडा अध्यक्ष कुविर विश्वकर्माले बताए । ‘प्रसारण लाईनमा परेको चट्याङले सबै घरको वाईरिङमा क्षति पुगेको छ’ उनले भने ‘यसको पुननिर्माण तत्कालै सम्भव छैन् ।’
विद्युत आपूर्ति बन्द भएपछि यहाँका सर्वसाधारणलाई सञ्चारको समेत असुविधा हुने छ । चट्याङका कारण वडा नं. २ मा चार जना सामान्य घाईते भएका छन्भने केही पशुचौपायको मृत्यु भएको विश्वकर्माले बताए । चट्याङले जलविद्युत आयोजनामा पु¥याएको क्षतिको विवरण संकलन भैरहेको विकको भनाई छ ।





