बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अबको समस्या समाधानको प्रमुख आधार प्रधानमन्त्रीको राजिनामा : डा. संग्रोला

अबको समस्या समाधानको प्रमुख आधार प्रधानमन्त्रीको राजिनामा : डा. संग्रोला


  • हरिकृष्ण गौतम
  • बैशाख ४ २०७८, शनिबार

बेनी, ४ बैशाख– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौलाले निकट भविस्यमै नयाँ सरकार गठन हुने बताएकी छन् । नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामाका विकल्प नभएको डा. संग्रोलाको भनाई छ । शनिबार म्याग्दीको सदरमुकाम बेनीमा प्रेस यूनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसकी केन्द्रिय सदस्य समेत रहेकी संग्रौलाले प्रधानमन्त्री ओली पाटीभित्रबाटै असुरक्षित रहेकाले कर्णाली प्रदेशको नतिजा संघीय प्रदेशमा समेत सामाना गर्नुपर्ने अवस्थामा पुगेको बताईन् । ‘नैतिकताको आधारमा राजिनामा दिएर निकास दिनुपर्छ,‘हिजोको घटनाले संघीय समाजवादीले पनि उहाँको साथ छोड्ने अवस्था देखियो’ नेत्रृ संग्रौलाले भनिन् ।
उनले कर्णालीपछि गण्डकी प्रदेश हुदै देशैभर प्रधानमन्त्री ओली बिरुद्धको अभियान सुरु भएको बताउँदै प्रतिनिधिसभा विघटन बिरुद्ध आवाज उठाउने एकजुट भएको बताईन्। प्रधानमन्त्री ओलीले न्युनतम नैतिकता समेत नदेखाएको अवस्थामा माओवादी केन्द्र र जनता समाजवादी पार्टीमात्रै नभई अन्य साना दलहरुले समेत राजनीतिको मुल्यमान्यताको ख्याल गदैं कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोग गर्नुपर्ने नेत्रृ संग्रौलाको भनाई छ । उनले नेकपा एमालेको नेतृत्वमा रहेको सरकारको न्युनतम रुपमा राजनीतिमा हुनुपर्ने मुल्य, मान्यता, नैतिकता समेत नभएको बताईन् ।
कम्युनिष्टहरुको सरकारले ५ वर्षसम्म दिएको म्याण्डेड पुरा गर्न नसकेको अवस्थामा अबको नेतृत्व र निर्वाचनपछि पनि कांग्रेसको हातमा देशको जिम्मेबारी रहेको बताईन् । राजनीतिक अस्थिरताबाट देशलाई मुक्ति दिलाउनका लागि सबै दलहरु लागेर अगाडी बढ्नुपर्छ अवस्थामा सत्तामा केन्द्रित नभई संविधानको रक्षाका लागि साझा धारणा बनाउनुपर्नेमा उनको जोड छ । नेपाली कांग्रेसकी छायाँ सरकारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डा डिला संगौलाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई दिगो भन्दा पनि कार्यकर्ता पाल्न उद्धत रहेको आरोप लगाईन् । कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीमा उपसभापति माधवप्रसाद रेग्मी, महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचन लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->