बागलुङ, ४ वैशाख– नेपाल पत्रकार महासंघ बागलुङ शाखाको नवनिर्वाचित कार्यसमितिका सदस्यहरुले पद तथा गोपनीयताको सपथसहित पदभार ग्रहण गरेका छन् । शनिबार एक कार्यक्रमबीच निर्वमान अध्यक्ष दिल शिरिषले नवनिर्वाचित अध्यक्ष नरेश कँडेल र अध्यक्ष कँडेलले कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।
जिल्ला शाखाको कार्यसमितिका नवनिर्वाचित अध्यक्ष नरेश कँडेल, उपाध्यक्ष नविन शिशिर, सरिता खत्री, सचिव विजय राना, सह–सचिव तारानाथ आचार्य र सिर्जना पन्त तथा कोषध्यक्ष खेमराज गौतमले पद तथा गोपनीयताको सपथ ग्रहण गरी पदभार सम्हालेका छन् ।
त्यस्तै सदस्यहरुमा दिनेश शर्मा, अर्जुन कार्की, बालकृष्ण सुवेदी, नारायण रिजाल, प्रदिप पन्त, अनिष खातीले सपथ लिए । महिला सदस्यहरुमा गुमा आचार्य, अल्पसंख्यक सदस्यमा देउमाया राना, जनजाती सदस्यमा प्रशान्त घर्ती र दलित सदस्यमा योगेन्द्र विश्वकर्माले सपथ लिए ।
प्रदेश परिषद सदस्यमा पिम्ला गौतम, कमल पौडेल, मनिषा शर्मा, छविलाल पाण्डे, कृष्ण आचार्य, मञ्जुल शाक्य, डम्बर बुढा, दिपक राजभण्डारी, प्रेम बहादुर केसी, थम्मन थापा र बेलु थापाले सपथ लिए । राष्ट्रिय परिषद सदस्यमा दिलिप पौडेल, चन्द्र गणेश शर्मा, कोपिला कँडेल र किरण आचार्यले सपथ लिए ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघका नवनिर्वाचित केन्द्रिय सदस्य छविलाल तिवारीले नेपाल पत्रकार महासंघले श्रमजिवी पत्रकारको पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।
यस्तै, पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा जिल्ला शाखा बागलुङका पूर्व अध्यक्ष हरिनारायण गौतमले पत्रकारको क्षमता विकास र श्रमजिवी पत्रकारको पक्षमा महासंघले काम गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा नेपाली कांग्रेस बागलुङका सचिव नवराज पौडेल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष धर्म कुँवर, नेकपा माले नेतृ मञ्जु क्षेत्री, प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्की, पूर्व अध्यक्षहरु मुकेशचन्द्र राजभण्डारी, राम बहादुर जिसी, निवर्तमान अध्यक्ष दिल शिरिषलगायतले बोलेका थिए ।
कार्यक्रममा स्वागत निवर्तमान उपाध्यक्ष उषा पौडेल र सञ्चालन राम थापा र बिजय रानाले गरेका थिए । निर्वाचन समितिको तर्फबाट राम शर्मा र हिरा बहादुर केसीले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका थिए ।





