बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

प्रगतिशीलको स्वागत तथा सम्मान

प्रगतिशीलको स्वागत तथा सम्मान


  • ढोरपाटन संवाददाता
  • बैशाख ४ २०७८, शनिबार

बागलुङ, ४ वैशाख– नेपाल पत्रकार महासंघको चैत २५ मा सम्पन्न महाधिबेशनबाट संघ प्रदेश र जिल्लामा नवनिर्वाचित कार्यसमितिका सदस्यहलाई प्रगतिशिल पत्रकार संघ बागलुङले स्वागत तथा सम्मान गरेको छ ।
संघले गण्डकी प्रदेश, बागलुङ शाखाका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरेको हो । संघले पत्रकार महासंघ बागलुङका निवर्तमान तथा पूर्व अध्यक्षहरुलाई दोसल्ला ओडाएर समान्न गरेको थियो । निर्वतमान अध्यक्ष दिल शिरिष, पूर्वअध्यक्ष हरिनारायण गौतम, मुकेशचन्द्र राजभण्डारी, सामुदायीक रेडियो प्रसारक संघ अकोरावको केन्द्रिय सदस्यमा निर्वाचित राम नारायण सुवेदीलाई सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय जनमकोर्चा बागलुङका अध्यक्ष अमर बहादुर थापाले सुशासन कायम गर्न पत्रकारहरुको भुमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा पूर्व अध्यक्ष हरीनारायण गौतम, प्रेस चौतारीका अध्यक्ष उमाकान्त शर्मा, प्रेस युनियनका उपाध्यक्ष सुवास आचार्य, प्रेस चौतारिका तारानाथ आचार्य र प्रेस संगठनाका सरीता खत्री लगायतले बोलेका थिए ।
संघका जिल्ला अध्यक्ष राम नारायण सुवेदीको अध्यक्षता, उपाध्यक्ष लोकेन्द्र सुनारको स्वागत र सचिव बिजय रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->