बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जनताले दुख पाउनेगरी रापताप सुरुभयो : सापकोटा

जनताले दुख पाउनेगरी रापताप सुरुभयो : सापकोटा


  • ढोरपाटन सम्वाददाता
  • बैशाख ७ २०७८, मंगलबार

बागलुङ, ७ वैशाख– गण्डकी प्रदेशसभा सदस्य तथा नेकपा एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले गणतान्त्रिक व्यवस्थामा समेत जनताले दुख पाउनेगरी रक्तपात सुरु भएको बताएका छन् । पञ्चायत र राजतन्त्रको अन्त्यका लागि संघर्षमा होमिएकाहरु समेत गणतन्त्रमा रुनुपर्ने अवस्था आएको भन्दै सापकोटाले नेपालको संविधान र संघीय गणतन्त्रमा धावा बोल्नेगरी पछिल्ला राजनीतिक गतिविधि भैरहेको टिप्पणी गरे ।
‘देशको राजनीति हाम्रो हातमा छैन्, भारत अमेरिका भर्सेज चिनको खेलमा देशको राजनीति घुमिरहेको छ’ सापकोटाले भने– ‘यहाँ दलहरु फुटाउने खेल भैरहेको छ हाम्रा नेताले चाल पाएनन् वा नपाएको जस्तो गरिरहेका छन् ।’ अतिवादले सिंहदरबारको ढोका ढकढकाईरहेको देशका राजनीतिक दलहरुले पत्तो नपाएको उनको आरोप थियो । ‘टाउको फुटेपछि मिलती हुन्छ, अहिले टाउको फुटाउने खेल भैरहेको छ’ सापकोटाले भने ‘पहिला नेकपा फुट्यो, अहिले एमाले फुटाउने खेल बाहिरबाटै भएको छ, रहर कसैलाई छैन् ।’
उनले देशका ठुला परिवर्तनमा सञ्चार माध्यामको भूमिका रहेको भन्दै दिन र रात छुट्टाउनेगरी सञ्चार माध्यामले समाचार संप्रेसण गर्नुपर्ने बताए । ढोरपाटन दैनिक, धौलागिरी एफ.एम, रेडियो सारथी, नयाँ विश्व डटकम, धौलागिरी सञ्चार क्लव र कालिका सहकारीले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका थिए ।
नेपाल कम्युनिष्ट पाटी (माओबादी केन्द्र) का जिल्ला संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ले स्वतन्त्र हिसावले राजनीतिक परिदृष्यका घटना उजागर गर्न पत्रकारहरुलाई आग्रह गरे ।
कार्यक्रममा ढोरपाटन दैनिकका सम्पादक तथा पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य हरिनारायण गौतम, धौलागिरी सञ्चार क्लवका अध्यक्ष राजेशचन्द्रराज भण्डारी, धौलागिरी रागरण दैनिकका सम्पादक राम बहादुर जिसी, पत्रकार महासंघका अध्यक्ष नरेश कँडेल, निवर्तमान अध्यक्ष दिल शिरिष, पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य ताराप्रसाद शर्मा, कालिका सहकारीका सचिव भूपाल चालिसे, रेडियो सारथीका स्टेशन प्रमुख कमल पौडेल, गुहेली सञ्चार सहकारीका अध्यक्ष खिम बहादुर कार्की, होटल व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखाल, प्रेस सेन्टर बागलुङका संयोजक थम्मन थापा र कालिका भगवति गुठिका अध्यक्ष राजु खड्का लगायतले बोलेका थिए ।
कालिका सहकारीका अध्यक्ष हिमाल शर्माको अध्यक्षता, ढोरपाटन दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहराको स्वागत र नयाँ विश्व डटकमका सम्पादक मुकेश राजभण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->