शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बलेवामा दश दिन बन्दाबन्दी

बलेवामा दश दिन बन्दाबन्दी


  • ढोरपाटन सम्वाददाता
  • बैशाख ७ २०७८, मंगलबार

बागलुङ, ७ वैशाख– विद्यालय र समुदायमा ठुलो संख्यामा कोरोना संक्रमणको पुष्टी भएपछि बागलुङको बलेवा क्षेत्र दश दिनका लागि बन्दाबन्दीको घोषणा गरिएको छ । मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले मंगलबार रातीदेखि लागुहुनेगरी बन्दाबन्दी घोषणा गरेको हो ।
बागलुङ नगरपालिका–१४ नारायणस्थान, वडा नं. १२ अमलाचौर र वडा नं. १३ पैञ्युपाटमा दश दिनका लागि बन्दाबन्दीको घोषणा गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख तथा जिल्ला कोभिड संकट व्यवस्थापन समितिका स्रोतव्यक्ति सुरज गुरौले जानकारी दिए । समितिको सिफारीसमा जिल्ला प्रशासन कार्यालय बागलुङले बन्दाबन्दी घोषणा गर्नेछ ।
धेरै संख्यामा विद्यार्थी कोरोना संक्रमित भएपछि बागलुङ नगरपालिकाले बलेवा क्षेत्र बानपा–१२, १३ र १४ नम्बर बडालाई सिल गर्न जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई सिफारिस गरेको थियो । कोरोना संक्रमण समुदायमा फैलने त्रास बढेपछि तीन वटा वडालाई तत्काल दश दिनकोलागि बन्दाबन्दी गर्ने निर्णय भएको गुरौले बताए । बन्दाबन्दीको समयमा संक्रमितको सम्पर्कमा रहेकाको खोजी र उपचार गर्न सहज हुने छ । मंगलबार बागलुङ नगरपालिका–१४ नारायणस्थानको जनताधन माविका १९ जना विद्यार्थी सहित सोही विद्यालय आसपासको समुदायका संकास्पद बिरामीको जाँच गर्दा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघी सोही विद्यालयका दुई जना शिक्षकमा कोरोना संक्रमण देखा परेको थियो । जनताधन माध्यामिक विद्यालय अघिल्लो शुक्रबारदेखि नै पठनपाठन बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->