
बडिगाड, बाग्लुङ, ८ बैशाख – जिल्लाको बडिगाड गाउपालिका वडा नं. ७ को सल्लेखर्क जङ्गलमा मङ्गलबार राती लागेको आगो बस्तिमा पसेपछी केही घरगोठ जलेर नष्ट भएका छन् भने २ बाख्रा मरेका छन। बडिगाड गाउपालिकाको वडा नं. ७ साबिक भिमगिठे गाबिस वडा नं. ४ को छापसल्लेखर्कको सल्लाघारी बनबाट सुरु भएको डढेलो साबिक वडा नं. ६ को असारेगाउँमा प्रबेश गरेपछी स्थानिय जोग बहादुर घर्तीको घर र गोठ जलेर नष्ट हुनुका साथै २ वटा बाख्रा खोर भित्रै जलेर मरेका छन।
राती ११ बजेको समयमा अचानक आगोलागी सुरु भएको हुदाँ स्थानियले आगो बस्तिमा पसेको समेत निकै ढिलो थाहा पाएको स्थानीयबासीले बताएका छन। बडिगाड क्षेत्रमा निकै लामो समयदेखि पानी नपरेकोले बन क्षेत्रमा डढेलोको प्रकोप नै देखिएको छ। सल्लाको निकै बाक्लो जङ्गल रहेको उक्त क्षेत्रमा सुकेको सल्लाको पात यो समयमा भुइँमा खस्ने र त्यसमा निकै तिब्रगतिमा आगो फैलिने भएको हुदाँ पनि निकै छिटो बस्तिमा आगो प्रवेश गरेको स्थानियहरु बताउछन।
रातको समयमा स्थानियहरु जुटेर बस्तिका अन्य घरहरु जोगाए पनि घर्तीको भने आगलागीका कारण शरीरको कपडा बाहेक सबै सखाप भएको छ । चैते दशैको दिन खाना खाइवरी १० बजेतिर सबै परिवार सुतेका थियौ, आगो ११ बजेतिर आएछ पत्तै पाइएन अहिले त हरको लुगा बाहेक केही बाँकी छैन, बल्ल तल्ल भागेर ज्यान सम्म बचायौ। गहभरी आसुपार्दै पिडित जोग बहादुर घर्तीले भने । बर्षायामको लागि घर्तीले जोहो गरेर राखेको अन्नपात, घरखर्चको लागि राखिएको नगद पैसा नागरिकता लगायत सबै महत्वपूर्ण कागजात सहित सबैकुरा आगोले खरानी बनाइदिएपछी अहिले जोग बहादुरले खाने र कहाँ बस्ने भन्ने पीडामा छन । आगो निभाउन स्थानियहरु लागिपरेपनी अझैसम्म नियन्त्रणमा आइसकेको छैन। मङ्गलबार राति भएको उक्त घटनामा प्रहरी भने बुधबार दिउसो २ बजेसम्म पनि पुगेको छैन । इलाका प्रहरी कार्यालय भिमगिठेका प्रमुख सानुकाजी बिष्टसंग यस बिषयमा कुरा गर्दा प्रहरी कार्यालयमा प्रहरी सङ्ख्या कम भएको र आफू मध्यपहाडी लोकमार्ग तुरतुरे खन्ड बाटोनिर्माण बिवादमा सहजीकरणको लागि खटिएको हुदाँ त्यहाँ जान नपाएको र मुचुल्का निर्माणका लागि पिडितलाई प्रहरी कार्यालय मै बोलाएको बताए ।
जङ्गलमा आगोलागी के कसरी सुरु भयो भन्ने खुलेको छैन । जङ्गलमा बर्षेनि डढेलो लाग्नुमा चरनमा जाने गाईबस्तुको लागि राम्रो घाँस पलाउछ भन्ने भ्रम, पर्याप्त सुकेको दाउरा पाइने लगाएतको मानिसमा रहेको कुविचार र बनक्षेत्रमा असाबधानीपूर्बक गरिने आगो र आगोजन्य बस्तुको प्रयोग प्रमुख रहेको विश्लेषण गर्ने गरिन्छ । तर बर्सेनि लागेको डढेलोले बनक्षेत्र सखाप भैरहेको, यसले पुर्याएको मानबिय क्षति, भौतिक क्षति जंगली जनावरको बिचल्ली, वातावरणीय प्रदुषण, पानीको मुहान सुक्ने खतरा इत्यादीको बस्तुगत मुल्याङ्कन गरि डढेलो लाग्ने कारणको खोजी गर्दै डढेलो लगाउने ब्यक्तीको पहिचान गरी कानुनी कारबाही गर्नसके केही हदसम्म भएपनी क्षति कम गर्न सक्ने स्थानीय उपभोक्ताहरु वताएछन् ।





