बागलुङ, ९ वैशाख– बागलुङको एक सहकारीमा काम गर्ने एक कर्मचारीले कोरोना विमाफार्मत पाएको रकम सामाजिक क्षेत्रमा सहयोग गरेका छन् ।
बागलुङको सिवाइसी वचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले कोरोना विमाफार्मत पाएको रकममध्य २५ हजार जिल्लाको जैमिनी नगरपालिका वडा नं. २ को जैमिनी सँस्कृत आधारभूत पाठशालालाई सहयोग गरेका हुन् ।
पाठशालामा आयोजित कार्यक्रममा सहयोग रकमको २५ हजार बराबराको चेक न्यौपाने र सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलले पाठशाला व्यवस्थापन समितिका अध्यक्ष टंक प्रसाद सापकोटा र पाठशालाका प्रअ दिपक न्यौपाने लाई हस्तान्त्रण गरेका थिए । सो अवसरमा बोल्दै सिवाईसी वचत तथा ऋण सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलले नेपाली भाषाको जननीका रूपमा संस्कृतलाई लिने गरिएकोले सस्कृत भाषाको संरक्षण गर्नुपर्ने बताएका थिए ।
सहयोगदाता न्यौपानेले कोभिड विमामार्फत प्राप्त गरेको रमक कोरोनाबाट प्रभावित क्षेत्रलाई सहयोग गर्ने उदेश्यले पाठशालामा सहयोग गरेको बताए । देशका विभिन्न जिल्लाका २३ जना विद्यार्थीले आवसिय सुविधासहित अध्ययन गर्ने विद्यायमा अक्षयकोष निर्माणमा सघाउने उदेश्यले सहयोग गरेको बताए ।
न्यौपानेले गरेको सहयोग रकमबाट पाठशालामा अक्षयकोष निर्माण गर्ने पाठशाला व्यवस्थापन समतिका अध्यक्ष टंक प्रसाद सापकोटाले बताए । विभिन्न दाताहरुको सहयोगकै भरमा पाठशाला संचालन भैरहेकोले सहयोगलाई सस्थागत र दिको बनाउन अक्षयकोष निर्माणगर्ने सापकोटाले बताए ।
कार्यक्रम पाठशाला व्यवस्थापन समितिका अध्यक्ष सापकोटाको अध्यक्षता पाठशालाका प्रअ दिपक न्यौपानेको स्वागत र पाठशालाका संस्थापक कृष्ण प्रसाद रिजालको संचालनमा सम्पन्न भएको थियो ।





