बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङका विद्यालय एक सातालाई बन्द

बागलुङका विद्यालय एक सातालाई बन्द


  • ढोरपाटन संवाददाता
  • बैशाख १० २०७८, शुक्रबार

बागलुङ, १० वैशाख – कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि बागलुङ नगरपालिकाभित्र रहेका विद्यालयहरू एक हप्ताका लागि बन्द हुने भएका छन् । बागलुङ नगरपालिकाले शुक्रबार एक सार्वजनिक सूचना मार्फत वैशाख १२ गतेदेखि १९ गते सम्मका लागि नगरभित्रका सबै विद्यालय बन्द गर्न आव्हान गरेको हो ।
शुक्रबार नगरप्रमुख जनकराज पौडेलको अध्यक्षतामा बसेको बिपद व्यवस्थापन समितिको बैठकले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । विद्यार्थीहरूलाई सुरक्षित राख्ने उद्देश्यले वैशाख १२ गतेदेखि १९ गतेसम्म एक हप्ताका लागि बन्द गर्ने निर्णय भएको बागलुङ नगरपालिकाका शिक्षा अधिकारी डण्डपाणी शर्माले बताए । बागलुङ नगरपालिकाकै बलेवा क्षेत्रमा रहेका विद्यालयहरुमा धमाधम कोरोना संक्रमण देखिएपछि बलेवाका तीन वडामा दश दिनका लागि निषेधाज्ञा जारी भएको छ ।
अभिभावकहरुले समेत विद्यार्थि जोखिममा रहेको भन्दै चिन्ता व्यक्त गरेका थिए । बागलुङ नगरभित्रका सञ्चालनमा रहेका ट्युसन सेन्टर, भाषा तयारी कक्षा, कोचिङ कक्षाहरु समेत बन्द गर्न शिक्षा शाखाले निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुरक्षा मापदण्ड सम्बन्धी सूचनामा २५ जना भन्दा बढी व्यक्ति मलामी समेत जान नपाउने उल्लेख गरिएकोमा विद्यालयको बारेमा कुनै सम्बोधन नभएको भनी अभिभावकहरूले सरकारी निकायको आलोचना समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->