बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुरको पहाडी गाउँ सर्दीमा अस्थायी प्रहरी चौकी

नवलपुरको पहाडी गाउँ सर्दीमा अस्थायी प्रहरी चौकी


  • ढोरपाटन संवाददाता
  • बैशाख १० २०७८, शुक्रबार

नवलपुर, १० वैशाख– नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं.४ अन्तर्गतको पहाडी गाउँ सर्दीमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । बिनयी त्रिबेणीको वडा नं. ४ पुरै र ३ र ४ का आशिंक गाउँ कार्यक्षेत्र रहने गरि सर्दीमा चौकी स्थापना भएको हो । दुम्किबासमा रहेको ईलाका प्रहरी कार्यालयको तत्कालै पहुँच नपुग्ने गरेको गुनासोपछि गाउँपालिकाले अस्थायी प्रहरी चौकी रहने घरको भाडा बेहोर्ने र जिल्ला प्रहरी कार्यालय नवलपुरबाट पठाईएको प्रहरी जनशक्ति सहित चौकी स्थापना गरिएको एसपी प्रकाश मल्लले बताए । प्रहरी सहायक निरिक्षक (असई)को कमाण्डमा हवल्दार तथा प्रहरी जवान ८ जनालाई चौकीमा खटाईएको समेत एसपी मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->