बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ताराखोलामा रेडियोको परीक्षण प्रशारण

ताराखोलामा रेडियोको परीक्षण प्रशारण


  • ढोरपाटन सम्वाददाता
  • बैशाख १२ २०७८, आइतबार

बागलुङ, १२ वैशाख– सामुदायीक रेडियो गलकोट एmफ.एम.ले रिले प्रशारण टावरमार्फत शनिवारदेखि ताराखोलाबाट परीक्षण प्रशारण सुरु गरेको छ । गलकोट क्षेत्र र यसको आसपासको क्षेत्रमा सूचना र सञ्चारको पहुँच पु¥याउने उद्देश्यले वि.सं. २०६८ साउन १४ गते प्रशारण आरम्भ गरेको रेडियाले ताराखोला गाउँपालिका वडा नं. २ मा रिले प्रशारण टावर स्थापना गरी गलकोट गलकोट नगरपालिकामा १०२ थोप्लो ४ मेगाहर्ज र ताराखोलामा ९२ थोप्लो ५ मेगाहर्जमा एकैसाथ प्रशारण हुने गरी प्रशारण आरम्भ गरेको हो ।
परीक्षण प्रशारण आरम्भ गर्दै ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्तीले ताराखोला गाउँपालिका भित्रको कृषि, पर्यटन, जलस्रोत, तथा स्रोत र साधनको परिचालनको लागि तथा समुदायको आवाजलाई बुलन्द गर्नका लागि सामुदायिक रेडियोको महत्वपूर्ण भूमिका रहने भएकोले रेडियोको प्रबद्र्धनका लागि आपूहरले आवश्यक सहयोग गर्ने बताए । उनले वर्तमान युग सूचना र सञ्चारको युग भएकाले समुदायिक रेडियो समुदायको लागि शक्ति र अवसर भएको भन्दै रेडियोलाई समुदाय केन्द्रीत कार्यक्रम बनाउनु पर्ने बताए ।
उक्त अवसरमा ताराखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले ताराखोला गाउपालिकाका सबै बस्तिहरुमा स्थानीय रेडियो बज्ने भएकोले स्थानीयलाई सुसुचित हुने अवसर प्राप्त भएको बताए । ताराखोला गाउँपालिकाका स्वास्थ्य संयोजक उदित थापाले महामारीले आक्रान्त भएको समयमा आफ्नै ठाउबाट रेडियो बज्नु सुखद भएको भन्दै रेडियो गाउँबस्तिमा जागरण ल्याउनु पर्ने बताए ।
गलकोट नगरपालिका र ताराखोला गाउँपालिका सवै बस्तिमा रेडियोको पहूच पु¥याउनका लागि गलकोट एफ एमको क्षमता विृद्धि गरी ५०० वाट क्षमताको बनाउदा पनि ताराखोला क्षेत्रका सबै बस्तीमा रेयिणे नसुनिए पछि सामुदायिक रेडियो गलकोट एफ एम ले ताराखोला सञ्चार संस्था लिमिटेड संगको संस्था एकीकरण तथा सहकार्य एवं ताराखोला गाउँपालिकाको व्यवस्थापनमा ताराखोलामा रिले स्टेशन स्थापना गरी सेवा विस्तार गरेको हो । सामुदायिक रेडियो गलकोट एफ एम अव गलकोट नगरपालिकामा १०२ थोप्लो ४ मेगाहर्ज र ताराखोलामा ९२ थोप्लो ५ मेगाहर्जमा एकैसाथ सुन्न सकिन्छ ।
परीक्षण प्रशारण शुभारम्भ कार्यक्रम सामुदायिक रेडियो गलकोटका सचिव वीरबहादुर चोखालको अध्यक्षता र स्टेशन प्रमुख घनश्याम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->