बागलुङ, १२ वैशाख– चालु आर्थिक बर्षको बजेट ल्याउँदा नेपाल सरकारले धौलागिरी अस्पतालको स्तरोन्नती गरेर दुईसय शैयाको अस्पताल बनाउने घोषणा गरेको एक बर्ष पुग्नै लाग्यो । घोषणा भएको एक बर्ष समय बितिसक्दा नत पूर्वाधार थपिएको छ नत जनशक्ति नै ।
अस्पतालको स्तरोन्नतीकालागि बिनियोजन भएको एक करोड बजेटबाट शैयाका सामग्री त आए तर मौजुदा जनशक्ति समेत धमाधम सरुवा भैरहेको छ । अस्पतालको शैया थप गर्नका लागि भवन छैन् । १४ बर्षदेखि निर्माणाधिन अवस्थामा रहेको अस्पतालको ‘सि व्लक’ भवन कहिले बन्ने भन्ने टुंगो छैन् । दुई सय शैया क्षमतामा अस्पतालको स्तरबृद्धिका लागि बिस्तृत परियोजना प्रतिवेदन तयार गर्नेकाम भने भैरहेको छ ।
अस्पतालको स्तरोन्नतीको चर्चा चलिरहेकै बेला अस्पतालमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीको धमाधम सरुवा भएपछि चार जिल्लाको मुख्य अस्पताल धौलागिरि अस्पताल जनशक्ति बिहिन बन्दैगएको छ । ‘अघिल्लो सातासम्म केही मेडिकल अधिकृत हुनुहुन्थ्यो, अहिले त दरवन्दी पुरै खाली भयो’ अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर शैलेन्द्र बिक पोखरेलले भने ‘हाीमलाई जनशक्तिका कारण धेरै कठिन भैरहेको छ ।’
२०६६ सालमा जिल्ला अस्पतालबाट अञ्चल अस्पतालमा स्तरबृद्धि भएको अस्पतालमा अहिले पनि उही बेलाको दरबन्दी छ । ५० शैया क्षमताका लागि निर्धारण गरिएको ७८ जनाको दरबन्दीमा कठिनले आधा जनशक्ति रहेको अस्पताल प्रशासनले जनाएको छ । १६ जना बिषेशज्ञ चिकित्सकको दरबन्दीमा एक जनामात्रै स्थायी चिकित्सक छन् । बाँकी १४ जना छात्राबृत्ति करारका बिषेशज्ञ चिकित्सकले काम गरिरहेका छन् । ६ जना दरबन्दी रहेको मेडिकल अधिकृत सबै खाली भएको छ ।
‘संक्रामक रोग महाशाखाले एक जना स्वास्थ्यकर्मी पठाएको छ, दुई जना करारको हुनुहुन्छ म्याद सकिने बेला भो’ पोखरेलले भने ‘कयौं पटक हारगुहार गर्दा पनि सरुवा रोकिएन्, रिप्लेस पनि पठाईएन् ।’ जनशक्तिको अभावमा अस्पतालको आकस्मीक कक्ष सञ्चालनमा कठिनाई भएको उनले बताए । सघन उपचार कक्ष र आईसोलेसन कक्षका लागि जनशक्तिनै छैन् । अस्पतालले पाएको दरबन्दी अनुसार दुई जना एचए हुनुपर्ने हो । लामो समय देखि एचए पद खाली छ । ४ जनाको दरबन्दी रहेको अहेव पदमा समेत एक जना छैनन् । नर्सिङ अधिकृत, स्टार्फ नर्स र अनमी गरेर २४ जनाको दरबन्दी रहेको अस्पतालमा ४ जना स्टाफनर्स अझै आएका छैनन् ।
‘मेडिकल अधिकृत खाली भएपछि आकस्मिक कक्षको सिफ्टनै खाली हुन्छ’ पोखरेल भन्छन् ‘यस्तो अवस्थामा कसरी बिरामीको उपचार गर्नु ।’ अकस्मिक कक्षमा काम गर्नका लागि मेडिकल अधिकृत सहितको पाँच जनाको समुह चाहिन्छ । नेतृत् वगर्ने अफिसरनै नभएकाले अकस्मिक कक्षामा बिरामीको उपचार गर्न समस्या भएको उनले बताए । गण्डकी प्रदेश, सामाजिक बिकास मन्त्रालय र स्वास्थ्य सेवा बिभागले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको सरुवा गरेका हुन् । ‘यहाँको अवस्था हेरेर सरुवा गरिँदैन्, सिधै माथीबाट सरुवा गर्ने यहाँ पठाउन चासो नदिने’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना भन्छन् ‘न हामीलाई चिकित्सक, स्वास्थ्यकर्मीको नियुक्ती गर्न दिन्छ, नत माथीबाट पठाउँछ ।’ काम गर्न चाहेर पनि प्रशसनीक हिसावले कामै गर्न नदिएको रानाको आरोप छ ।
कोरोना महामारीको दास्रो चरण चलिरहेकाले अस्पतालको सघन उपचार कक्ष र आईसोलेसनमा बिरामी बढ्ने अस्पतालको आँकलन छ । तर जनशक्तिकै अभावका कारण दुवै ठाउँमा उपचार गर्न कठिन हुने अस्पताल प्रशासन बताउँछ ।
गण्डकी प्रदेश सरकार, सामाजिक बिकास मन्त्रालय अन्तरगतको अस्पताल बिकास महाशाखाले जनशक्तिनै नभएका कारण अस्पतालमा तत्काल सोधभर्ना गर्न नसकेको जनाएको छ । ‘प्रदेशभरीका जिल्ला अस्पताल पनि चलाउनै प¥यो, स्थानी मेडिकल अधिकृत सबै बागलुङमा रहेकाले जिल्ला अस्पतालहरुमा पठाईएको हो’ अस्पताल बिकास महासशाखाका प्रमुख रामबहादुर केसीले भने ‘स्वास्थ्य सेवा बिभागले जेठसम्म नयाँ जनशक्ति पठाउँछु भनेको छ, पहिलो प्राथमिकतामा राखेर धौलागिरीमा पठाउँछौं ।’ भएको जनशक्तिको अधिकतम प्रयोग गरेर काम गर्नुपर्ने केसीले बताए । ‘गण्डकी प्रदेशमानै आवश्यकता भन्दा ४५ प्रतिशतले स्वास्थ्यकर्मी तथा चिकित्सक कम छन्’ उनले भने ‘हामीले बिज्ञापन गरेर माग्दा समेत बिज्ञ जनशक्ति आएनन् ।’ अस्पतालको प्रशासन शाखामा काम गर्ने कर्मचारीको समेत अभाव छ । अधिकृत स्तरका दुई जना कर्मचारीको दरबन्दी लामो समयदेखि खालि रहँदा काममा समस्या भैरहेको पोखरेले बताए ।





