बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

विदेश जाने नाममा ठगिएको १ करोड फिर्ता

विदेश जाने नाममा ठगिएको १ करोड फिर्ता


  • ढोरपाटन संबाददाता
  • बैशाख १५ २०७८, बुधबार

बागलुङ, १५ बैशाख- नेपालको बढी रेमिटान्स भित्रिने बागलुङ जिल्लाबाट वैदेशिक रोजगारको लागि झण्डै १ लाख जना विदेशिएका छन् । देशमा रोजगार नभएको भन्दै जिल्लाबाट हरेक बर्ष ५ हजार भन्दा बढी जनशक्ति विदेशीने सरकारी तथ्यांक छ ।
बागलुङ जिल्लामा सुरक्षित आप्रवासन कार्यक्रम लागू भएपछि वैदेशिक रोजगारको नाममा ठगिएका दर्जनौं युवाको १ करोड रुपैयाँभन्दा रकम फिर्ता गराउन सफल भएको छ । सुरक्षित आप्रवासन परियोजना (सामी) आप्रवासी श्रोत केन्द्र बागलुङले पत्रकार अन्र्तक्रिया गरी वैदेशिक रोजगारका सकारात्मक पक्ष र निम्तिएका नकारात्मक पक्षबारे सुक्ष्म रूपमा काम गरिरहेको जानकारी गराएको थियो ।
वैदेशिक रोजगारमा जाने युवालाई राहदानी लिनु भन्दापहिला विदेशमा जादा अपनाउनु पर्ने कुरा सिकाएर मात्र जानको लागि सल्लाह सुझाव परामर्श दिने काम गरिरहेको सामी परियोजनाले जनाएको छ । ५ पटक सम्म आत्महत्या गर्न कोशिस गर्ने एकजना महिलालाई मनोपरामर्श दिएर बचाउने कामसमेत गरेको परियोजनाका मीनप्रसाद उपाध्यायले बताएका छन् ।
वैदेशिक रोजगारीका लागि गएका बागलुङका युवाहरुको विभिन्न कारण मृत्यु भई शव नेपाल ल्याउन नसकेका अवस्थामा आफूहरुले शव बागलुङ ल्याउन भूमिका खेलेको उनको भनाई छ । जिल्लाबाट वैदेशिक रोजगारमा ५ हजारभन्दा बढी जना जाने जिल्लामा सुरक्षित आप्रवासन परियोजना लागू भएको छ ।
वैदेशिक रोजगारले घर घरमा रेमिट्यान्स भित्रिने क्रम बढे पनि यससँगै बसाइँसराइ, पारिवारिक समस्या, गाउँका जग्गा बाँझो रहने समस्या बढेर गएको वैदेशिक रोजगार बोर्ड कार्यक्रम अधिकृत शिव रेग्मीले बताए । कम्पनीले सम्झौताबमोजिक काम नगरेको अवस्थामा पनि सामीले सहजीकरण गर्दै आएको छ ।
स्थानीय तहको बजेट निश्चित शीर्षकमा सम्बन्धित तहबाटै हुँदै आएको छ । बागलुङ जिल्लाका १० वटा स्थानीय तहमध्ये बागलुङ नगरपालिका काँठेखोला गाउँ पालिका, गलकोट नगरपालिका र जैमुनी नगरपालिकामा ०७६ मंसिरदेखि सामी परियोजना लागू भई २५ जना जनशक्तिले काम गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->