बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सांसद खिमविक्रमको स्पष्टिकरण : पार्टीकै निर्णय मान्छु

सांसद खिमविक्रमको स्पष्टिकरण : पार्टीकै निर्णय मान्छु


  • ढोरपाटन सम्वाददाता
  • बैशाख १६ २०७८, बिहिबार

पोखरा, १६ वैशाख– सांसद खिमविक्रम शाहीले आफू पार्टीको निर्णयमै प्रतिवद्ध रहेको बताएका छन् । प्रदेश सभा बैठकमा अनुपस्थित भएर एक्कासि अस्पतालको बेडमा भेटिएका सांसद खिमविक्रम शाहीले ‘प्रतिनिधि सभा, प्रदेश सभा २’ लेटरहेडमा एक विज्ञप्ति जारी गरी आफ्नो पार्टी र संसदीय दलको निर्णमयमै प्रतिबद्ध रहेको धारणा सार्वजनिक गरेका हुन् ।
‘बैशाख १५ गते सदनको कार्यसूची बमोजिम मुख्यमन्त्रीमाथिको अविश्वास प्रस्तावमाथि छलफल र मतदान हुने रहेको थियो,’ विज्ञप्तिमा भनेका छन्, ‘तर, म सदनमा जाने भनी तयारी अवस्थामा रहेकोबेला अचानक विरामी भई आफ्नो भाइलाई सम्पर्क गरेर उपचारका लागि अस्पतालका लैजाने क्रममा म बेहोस भएछु ।’
शाहीले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेका कारण निर्णयहरु प्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पार्टी निर्णय प्रति प्रतिबद्ध छु ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->