शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

एकैदिनमा थपिए साढे ५ हजार कोरोना संक्रमित, ३३ जनाको मृत्यु

एकैदिनमा थपिए साढे ५ हजार कोरोना संक्रमित, ३३ जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • बैशाख १७ २०७८, शुक्रबार
तस्बिरः सटरस्टक ।

काठमाडौं, १७ बैशाख – मुलुकभर पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १५ हजार ३ सय ९१ पीसीआर परीक्षणबाट शुक्रबार ५ हजार ६ सय ५७ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको छ ।
२४ घण्टामा ९ सय २८ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ । २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ७९ पुगेको छ । हालसम्म पीसीआर परीक्षण २४ लाख ७३ हजार ९ सय ५६ पुगेको छ । आइसोलेसनमा ३८ हजार ८ सय १३ र क्वारेन्टाइनमा ५५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->