एडिलेड, १८ बैशाख – अष्टेलियाको एडिलेड सहरमा रहेका बागलुङेहरुको बिशेष भेला न्यू एयर मिट एन्ड ग्रीट सम्पन्न भएको छ ।
बागलुङ जिल्लाबाट रोजगारी वा अध्ययनको शिलशिलामा अष्टेलियाको एडिलेडमा रहेका बागलुङेहरु बिच नयाँ बर्षको अवसरमा विशेष भेटघाट कार्यक्रमको आयोजना गरिएको नविन सागरले जानकारी दिए।
बागलुङमा जन्मिएर साउथ अष्टेलियाको राजधानी एडिलेडमा बस्ने बागलुङेहरुमा नेपालीहरुको नयाँ बर्षको अवसरमा पारिवारीक न्यास्रोपनको कमी गर्न तथा आपसमा शुभकामना आदान प्रदान गर्न उक्त भेलाको आयोजना गरिएको रिजन केसीले वताए। उनले रोजगारीको शिलशिलामा होस् वा अध्ययनको शिलशिलामा अष्टेलियामा रहेका नेपाली दाजुभाई बिचको एकता, सदभाव, आफ्नो धर्म सस्कृतिको संरक्षणको लागी समय समयमा छलफल तथा भेटघाटको आवश्यक रहेकोले भेलाको आयोजना गरिएको जानकारी दिए।
यो ठाउँको ईतिहासमा बाग्लुङेहरुको यस किसिमको कार्यक्रम दोश्रो भएको बाग्लुङ पाला घर भइ एडिलेडमा बिगत १२ बर्ष देखी बसिरहनु भएका यूनि क्याम्पस एजुकेशन नेटवर्कका प्रबन्धक गोविन्द रानाले बताए।
भेलामा एडिलेडमा रहनुभएका बाग्लुङे दाजुभाइलाई कुनैपनी समस्या पर्दा एक आपसमा सहयोग गर्ने र सोही प्रायोजनको लागि एउटा कोषको स्थापना गरिएको मल्मका प्रकाश गौतमले जानकारी दिए ।
यसरी यस किसिमको कार्यक्रमको आयोजना गर्दा आफु सार्है खुशी र आशाबादी रहेको ग्वालिचौर घर भैइ बिगत १८ बर्ष देखी एडिलेडमा रहनुभएका शेफ बिष्णु खरेलले बताए । यसकिसिमका कार्यक्रमहरु निरन्त्तर गरिरहने उनीहरुले वताएका छन् ।





