आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

एमालेको प्रवासी नेपाली मञ्च कुवेतमा बाग्लुङका गैरे

एमालेको प्रवासी नेपाली मञ्च कुवेतमा बाग्लुङका गैरे


  • ढोरपाटन संवाददाता
  • बैशाख १८ २०७८, शनिबार

कुवेत, १८ बैशाख – नेकपा एमालेको प्रवासी नेपाली मञ्च कुवेतको अध्यक्षमा बाग्लुङका युवराज गैरे चयन भएका छन् । मध्यपूर्व भर्चुअल मिटिङ मार्फत गैरेलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ । बरिष्ठ उपाध्यक्ष कास्कीका कमनबिर लामा, उपाध्यक्षमा दाङका दिल श्रीपाली, महासचिवमा रामेछापका देवशमसेर घिसिङ, सचिवमा अर्घाखाचीका हरि रेग्मी, सहसचिवमा रामेछापका टक वहादुर खड्का सुमन, कोषाध्यक्षमा कास्कीका रमेश लामा चयन भएका छन् । सदस्यहरुमा भिम बहादुर खत्री बागलुङ, दिपेन्द्र चौधरी चितवन, सुजन न्यौपाने झापा, मनोज थापा पाल्पा, महेश दाहाल मोरङ, कालिका प्रसाद पौडेल गोरखा, बिबेक तामाङ कास्की, टेक बहादुर प्रधान भोजपुर, सुर्य नारायन दास धनुषा र इन्ददेब शर्मा धनुषा रहेका छन् ।
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालको प्रमुख आतिथ्यता समपन्न कार्यक्रममा नेकपा एमालेका उपमहासचिव तथा स्थायी कमिटी सदस्य घनश्याम भुसाल रहेका थिए । कार्यक्रम प्रवास इन्चार्ज श्रीप्रसाद साहको अध्यक्षतामा समपन्न भएको अध्यक्ष गैरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->