
बागलुङ, १८ वैशाख – घरपरिवारका सबैजना पशु चराउन ढोरपाटन उक्लेपछि बोबाङ आसपासका बुढाबुढीहरु घरमा एक्लै परेका छन् । एक्लै बस्दा उनीहरुले पाको उमेरमा पनि नियमित मजदुरी गर्न बाध्य भएका छन् ।
घर कुर्न बसेकाहरुले दुई छाक खानका लागि पनि मजदुरी गर्नुपरेको छ । यहाँका परिवारका सबैजना काममा गएपछि घर कुर्ने र डोको बुनेर कमाइ गर्दै खाने गरेको ८२ बर्षका पूर्णबहादुर घर्तीमगरले बताए ।
गर्मी सुरु भएपछि स्थानीय बासिन्दा पशु चराउने र ढोरपाटनमा आलुखेती गर्नका लािग जाने चलन छ । ढोरपाटन गएकाहरु पशु चराउँदै बुकीसम्म पुग्छन् । उनीहरुले लामो समय खर्कमा बिताउने भएपछि लामो यात्रा गर्न नसक्ने बालबालिका र बुढाबुढी मात्रै घरमा बस्ने चलन छ । उनीहरुले परिवार नभएको बेला पनि घर खर्चका लागि नियमित काम गरेको बताए ।
काखे बालबालिका च्यापेका महिलादेखि उमेर पुगेकाहरु सबै ढोरपाटनमा जाने भएपछि गाउँका बिद्यालय समेत सुनसान हुने गर्छन् । ढोरपाटनको तल्लो खण्ड २ हजार ९ सय मीटर उचाइमा छ । माथिल्लो खण्ड ५ हजार मीटरसम्म छ । मंसिरदेखि फागुनसम्म हिउँ जम्छ । त्यसैले यहाँका बासिन्दाको बोबाङ र ढोरपाटनमा गोठ बनाउने गर्छन् । बेसी झरेको चार महिना मात्रै परिवारका सदस्यसंगै बस्ने गरेका छन् ।
खेतीपाती, घाँसदाउरामै यहाँका अधिकांस बालबालिकाको दैनिकी समेत बितेको छ ।
बिद्यालय खुल्दा पनि उनीहरुले चार महिना मात्रै पढ्थे । केही दिनदेखि कोरोनाको संक्रमण देखिने भन्दै बिद्यालय बन्द गरिएका छन् । ‘बेसी झरेको बेला एउटै कक्षामा एकसय जनासम्म हुन्छन्, बिद्यालयमा बस्ने ठाउँ पनि पुग्दैन’ ज्ञानोदय माबि बोबाङका प्रअ यामबहादुर कायतले भने, ‘बर्षात र गर्मीको समयमा कोठा रित्तै हुन्छन् ।’ ढोरपाटन उक्लेपछि उनीहरुको पढाई पनि छुट्ने गरेको छ ।
प्रशिक्षार्थी





