बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

‘बेपत्ता’ सांसद शाहीलाई थापाले भेटे !

‘बेपत्ता’ सांसद शाहीलाई थापाले भेटे !


  • ढोरपाटन संवाददाता
  • बैशाख १८ २०७८, शनिबार

पोखरा, १८ वैशाख– अविश्वास प्रस्तावउपर मतदानको दिन ‘बेपत्ता’ भएको भनिएका राष्ट्रिय जनमोर्चा सांसद खिमविक्रम शाही र सोही पार्टीका अर्का सांसद कृष्ण थापाबीच भेट भएको छ । पोखरा नागढंगास्थित चरक मेमोरिय अस्पतालमा २ सांसदबीच शनिबार भेट भएको हो ।
मतदानको दिन अचानक स्वास्थ्यमा समस्या आएर बेहोस भएर चरक अस्पतालमा पुगेका शाहीको एकैदिन ३ थरि कोरोना रिपोर्ट आएको थियो । सरकारी अस्पतालमा दिएको स्वाब नतिजा नेगेटिभ आएको १० मिनेटपछि निजी प्रयोगशालामा उनको नतिजा कोरोना पोजेटिभ आएको थियो ।
‘मैले आज ९शनिबार० ११ बजे उहाँलाई भेटें । स्वास्थ्यमा सुधार हुँदैछ, ठीकै हुँदैछु भनेर भन्नुभयो,’ जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले भने, ‘उहाँमा केही सुधार देखियो ।’ सांसद थापा र शाहीबीच बैशाख १६ गते पनि फोन सम्पर्क भएको थियो ।
अस्पतालबाट डिस्चार्च कहिले हुने भन्ने कुरा छ रु भन्ने प्रश्नमा सांसद थापाले भने, ‘कोभिडको उपचार बाहिर बसेर पनि गर्न सक्छ भनेको, उहाँले बाहिर आए समस्या आउन सक्छ । अहिले बेड पाइँदैन । समस्या बढ्यो भने गाह्रो पर्छ भनेर भन्नु भो ।’
मतदानकै दिन सांसद ‘बेपत्ता’ भएपछि जनमोर्चाले छानविन समिति गठन गरेको थियो । तर, सांसद थापाले समिति गठनबारे आफूलाई जानकारी नभएको बताए । सांसद शाही विरामी प्रकरणपछि सत्तारुढ दल नेकपा एमालेले ‘बन्धक’ बनाएको विपक्षीले आरोप लगाएका थिए ।
तर, सांसद शाहीले अस्पताबाटै विज्ञप्ति निकाल्दै आफू बन्धक नभई बेहोस भएर अस्पताल भर्ना भएको स्पष्टिकरण दिएका थिए । उनले पार्टीकै निर्णय बमोजिम अविश्वास प्रस्तावको पक्षमा प्रतिबद्ध रहेको बताएका थिए ।
‘खास कुरो के हो भन्ने उहाँले विज्ञप्तिमै भनिसक्नु भा’छ,’ सांसद थापाले भने, ‘अब उहाँको मतदान पनि त्यहीअनुसार हुन्छ । पार्टीको निर्णय उहाँले मान्नै प¥यो नि !’
मतदानकै दिन ‘गायब’ भएपछि जनमोर्चाकै सांसद पियारी थापा ‘सांसद खोजी गरिपाऊँ’ भन्दै प्रदेश सभा सचिवालयमा निवेदन दिएकी थिइन् । उनको निवेदनका आधारमा सभामुख नेत्रनाथ अधिकारीले संसद अनिश्चितका लागि स्थगित गरेका थिए ।
संसद स्थगित गरेर सभामुख अधिकारी कार्य व्यवस्था समिति बैठकमा समेत उपस्थित नभएपछि अहिलेसम्म बैठक बस्न सकेको छैन । बैठक नबसेकै कारण संसद कहिलेबाट सुरु हुन्छ भन्ने टुंगो लाग्न सकेको छैन ।
युसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, अर्थमन्त्री किरण गुरुङलगायतले सांसद शाहीलाई भेट्न अस्पताल पुगेका थिए । तर, अस्पताल प्रशासनले स्वास्थ्य मापदण्डका कारण भेट्न दिएको थिएन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->