शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

काठमाडौंमा बेड नपाएपछि संक्रमित महिलालाई धौलागिरी अस्पतालमा लगियो

काठमाडौंमा बेड नपाएपछि संक्रमित महिलालाई धौलागिरी अस्पतालमा लगियो

संक्रमित महिला बागलुङमै कार्यरत एक स्वास्थ्यकर्मीको बहिनी हुन् ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २१ २०७८, मंगलबार
फाईल तस्वीर : धौलागिरी अस्पताल बागलुङ ।

पोखरा, २१ बैशाख – कोरोना संक्रमित विरामीलाई उपचारका लागि काठमाडौंका अस्पतालमा शैया नपाएपछि धौलागिरी अस्पताल बागलुङमा लगिएको छ । ढोरपाटन नगरपालिका-३ घर भई काठमाडौं वस्दै आएका ३१ बर्षिया महिलालाई एम्बुलेन्स मार्फत सोमवार धौलागिरी अस्पताल लगिएको हो ।
एम्बुलेन्सलाई ५० हजार रुपैयाँ तिररे धौलागिरी अस्पतालमा ल्याएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । ‘काठमाडौंका अस्पतालहरुमा बेड खोजी गर्दा सहज तरिकाले नपाएपछि जिल्लामा खबर आएकोले धौलागिरी अस्पतालमा बेडको व्यवस्था गरी ल्याइएको हो ।’
संक्रमित भएर अस्पताल जादा बेड नपाएपछि सहजीकरण गरेर बागलुङ लिएको धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. शैलेन्द्र विक पोखरेलले बताए । कोरोना संक्रमण भएको चार दिनपछि उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि धौलागिरी अस्पतालमा ल्याएको उनको भनाई छ ।
महिलालाई अस्पतालको आइसोलेसनमा भर्ना गरी सोमवार रातीदेखि उपचार थालिएको छ । संक्रमित महिलालाई ज्वरो, खोकी लाग्नुका साथै अक्सिजनको पनि कमी रहेको डा. पोखरेलले वताए । संक्रमित महिला बागलुङमै कार्यरत एक स्वास्थ्यकर्मीको बहिनी हुन् ।
धौलागिरी अस्पतालमा नेपालकै पाँचौ र गण्डकीमै पहिलो कोरोना संक्रमितको उपचार भएको थियो । गत वर्ष चैत १५ गते बागलुङकी अंशु सापकोटालाई कोरोना संक्रमण देखिएपछि गण्डकी प्रदेशमै खैलाबैला भएको थियो । उपचारका लागि धेरैले काठमाडौंमा पठाउन दबाब दिइरहँदा डा.पोखरेलकै नेतृत्वमा अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->