बागलुङ, २१ वैशाख– बागलुङमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालको प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो । मंगलबार मात्रै बागलुङ नगरपालिकाका १८ जना, बडिगाड गाउँपालिकाकाका ११ जना, काठेखोला गाउँपालिकाका २ जना र तमानखोला गाउँपालिकाका १ जना गरी जम्मा ३२ जनालाई संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले बताए ।
यससँगै बागलुङमा संक्रमितहरुको संख्या १ सय ७२ पुगेको छ । त्यसमध्ये १ सय ४५ जना होम आइसोलेसनमा रहेका छन्भने २० जना धौलागिरी अस्पताल बागलुङको आइसोलेसनमा र ७ जना ताराखोला गाउँपालिकाको आइसोलेसनमा रहेको फोकलपर्सन घिमिरेले बताए ।





