पोखरा, २१ वैशाख – गण्डकी प्रदेश सभाको अर्को बैठक कहिले सुरु हुन्छ भन्नेबारे अझै टुंगो लाग्न सकेको छैन । मंगलबार बसेको सर्वदलीय बैठकले पनि कुनै निष्कर्ष दिन नसकेपछि बैठक अझै अन्यौल बनेको हो ।
बैशाख १५ गते सदन अनिश्चितकालका लागि स्थगन भएपछि अर्को बैठक कहिले सुरु हुने भन्नेबारे टुंगो लाग्न सकेको थिएन । सोमबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले ठोस निर्णय गर्न नसकेपछि जिम्मा सर्वदलीय बैठकलाई जिम्मा दिएको थियो । तर, मंगलबार करिब २ घण्टा बसेको बैठकले पनि कुनै निर्णय दिन नसकेपछि पुन: बिहीबार कार्य परामर्श समितिको बैठक बस्ने गरि छलफल सकिएको माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए ।
प्रदेश सभामा पेश भएको अविश्वास प्रस्ताव अहिले विचाराधीन छ । सत्तारुढ दल उक्त प्रस्तावलाई केही समय पर धेकेल्न चाहन्छ भने विपक्षी दलहरु चाँडै टुंगोमा लगाउने पक्षमा छन् । ‘बैठकमा मुख्यमन्त्री ज्युले कोभिडको लकडाउन पनि भएकाले बैशाख पछिमात्रै सदन सुरु हुने आफ्नो भनाइ राख्नु भयो,’ जसपाका संसदीय दलका नेता हरिशरण आचार्यले भने, ‘तर, त्यतिञ्जेलसम्म हामी प्रदेश सभालाई बन्धक बनाएर राख्न चाहँदैनौं । सकेसम्म यही हप्ताभित्र टुंग्याउनुपर्ने भनाइ राख्यौं ।’
जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले अब सदन कहिले सुरु हुन्छ भन्नेबारे बिहीबारको बैठकले मात्रै निर्णय दिन सक्ने बताए । ‘बिहीबारको कार्य व्यवस्था समितिको बैठकले एउटा निकासमा पुर्याउला ! नसके फेरि सर्वदलीय बैठक बस्छ,’ उनले भने ।