शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मुख्यमन्त्री गुरुङमा कोरोना संक्रमण पुष्टि

मुख्यमन्त्री गुरुङमा कोरोना संक्रमण पुष्टि


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०७८, बुधबार
पोखरा, २२ वैशाख – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । मंगलबारको परीक्षणमा एन्टिजेन देखिएपछि थप परीक्षण गराउँदा उनका कोरोना संक्रमण पुष्टि भएको हो । उनी अहिले आफ्नै निवासमा रहेका छन् । मंगलबार मात्रै उनी गण्डकी प्रदेश सचिवालयमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएका थिए ।
मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेलाई कोरोना संक्रम भएर ३ दिनदेखि होम आइसोलेसनमा छन् । उनकै ‘क्लोज कन्ट्याक ट्रेसिङ’का आधारमा मुख्यमन्त्रीको स्वाब परीक्षण गरिएको थियो । क्षेत्रीय प्रयोगशालामा मंगलबार दिएको स्वाब बुधबार पोजेटिभ देखिएको मुख्यमन्त्रीका प्रेस संयोजक न्यौपानेले बताए । मुख्यमन्त्री गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->