शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

धौलागिरी अस्पतालमा उपचाररत दुई जनाको मृत्यु

धौलागिरी अस्पतालमा उपचाररत दुई जनाको मृत्यु


  • ढोरपाटन सम्वाददाता
  • बैशाख २३ २०७८, बिहिबार
धौलागिरी अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु भएकाको शव वाहिर निकाल्दै स्वास्थ्यकर्मी । तस्वीर: ढोरपाटन ।

बागलुङ, २३ वैशाख– धौलागिरी अस्पताल बागलुङमा उपचारत दुई जना पुरुषको मृत्यु भएको छ । एक जना कोरोना संक्रमित र एक जना संकास्पद संक्रमितको मृत्यु भएको हो । बागलुङ नगरपालिका–४ का ७८ बर्षिय पुरुषको बिहिबार बिहान अस्पतालको सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ । वैशाख २० गते स्वास प्रस्वासमा समस्या भएर अस्पतालपुगेका उनको सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा मधुमेह, उच्च रक्तचाप लगायतका समस्या रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरे बताए ।
स्वास प्रस्वासमा समस्या आएर बुधबार अस्पताल भर्ना भएको म्याग्दीको बेनी नगरपालिका–१ का ३३ बर्षिया पुरुषको बुधबार राती नै मृत्यु भएको छ । उनलाई सघन उपचार कक्षमा राखेर उपचार भैरहेको थियो । अक्सिजनको मात्रा निकै कम पुगिसकेको अवस्थामा अस्पताल पुगेका उनको पीसिआर जाँचका लागि थ्रोट स्वाव लिन समेत नभ्याईएको अस्पतालले जनाएको छ । बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->