
नवलपुर, २३ वैशाख– नवलपुरमा बिहीवार थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । एकजनाको होम आईशोलेशनमा र एक जनाको अस्पतालमै मृत्यु भएको हो । जिल्लाको कावासोती नगरपालिका वडा नं. ८ का पुरुषको होम आईशोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले पुष्टि गरेको छ भने गैंडाकोट नगरपालिका वडा नं। २ का ७३ बर्षका पुरुषको चितवन मेडिकल कलेजमा बिहान ३ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
होम आईशोलेसनमा ज्यान गुमाएका कावासोतीका ती ब्यक्तिमा बैशाख २० गते कोरोना पोजेटिभ पुष्टि भएको थियो भने अस्पतालमै मृत्यु भएका गैंडाकोटका ती बृद्धलाई बैशख १९ गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।





