बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

काठेखोलामा अत्यावस्यक बाहेकका सेवा बन्द

काठेखोलामा अत्यावस्यक बाहेकका सेवा बन्द


  • ढोरपाटन संवाददाता
  • बैशाख २३ २०७८, बिहिबार

बागलुङ, २३ वैशाख– काठेखोला गाउँपालिकाले आफ्नो पालिका भित्र अत्यावस्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।

गाउँपालिका पदाधिकारी, सुरक्षा निकाय, राजनीतिक दल र सरोकारवाला बसेर बिहिवारदेखि पालिका भित्र बन्दाबन्दी गर्ने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले बिज्ञप्ती प्रकाशित गरेर बैसाख ३१ गते सम्म सबै क्षेत्र बन्द गरेर कोरोना संक्रमणको प्रभाव न्युनिकरणमा साथ दिन गाउँपालिका बासीलाई आग्रह गरेका छन् ।

बिज्ञप्तीमा अत्यावस्यक सेवा अन्र्तगत एमबुलेन्स, सुरक्षा निकाय, दूध, तरकारी र दमकल, कृषि तथा मलबीउ उत्पादन जस्ता सेवा निर्वाद संचालन हुने बताइएको छ । बैंक तथा बित्तिय संस्था पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।

कोही पनि घर बाहिर हिडडुल नगर्ने, अत्यावस्यक काम परेर निस्कंदापनि २ मीटरको दुरी कायम गरेर हिड्ने, पटक पटक साबुनपानीले मिचिमिचि हात धुने काम गर्न आब्हान गरिएको छ ।पालिका भित्रका शिक्षण संस्था पूर्ण बन्द गर्ने, होटल तथा रेष्टुरेन्ट पनि खोल्न नपाउने निर्णय गरिएको हो । समस्या परेमा ८ वटै वडाका अध्यक्षलाई सम्पर्क गर्ने र निर्णय पालना नगरेमा संक्रामक रोग ऐन अनुसार कारवाही गर्ने समेत जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->