
बागलुङ, २३ वैशाख– कोरोना संक्रमित ८७ बर्षिय वृद्द पुरुषको बिहिवार सा“झ मृत्यु भएको छ । बडिगाड गाउ“पालिका ४ का ती वृद्द दमका बिरामी थिए ।
बैसाख १८ गते संक्रमण पुष्टी भएर उपचारकालागि आएका थिए । धौलागिरि अस्पतालमा बुधवार राती दुइजनाको निधन भएको थियो । बुधवार राती बागलुङ नगरपालिका वडा नं. नं. ४ का ७८ बर्षिय पुरुष र म्याग्दीको वेनी नगरपालिका १ का ३३ बर्षिय युवाको मृत्यु भएको हो । मृतक दुवैजनाको नेपाली सेनाले शव व्यवस्थापन गरिसकेको छ ।





