बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अटेरी गरेपछि बलेवामा सशस्त्रको पेट्रोलिङ

अटेरी गरेपछि बलेवामा सशस्त्रको पेट्रोलिङ


  • ढोरपाटन सम्वाददाता
  • बैशाख २४ २०७८, शुक्रबार
फाईल तस्विर : बलेवाको कैशा स्थीत शुनसान सडक ।

बागलुङ, २४ वैशाख– जनताधन मावि नारायणस्थानका शिक्षक, विद्यार्थी र अभिभावकमा ठूलो संख्यामा कोरोना संक्रमण देखिएपछि वैशाख ७ गते रातीदेखि बलेवाका तीन वडामा निषेधाज्ञा जारी छ । पहिले बलेवा क्षेत्रका तीन वडामा मात्रै गरिएको निशेधाज्ञा अहिले बागलुङ नगरपालिकाभर लागु भएको छ ।
कोरोना संक्रमणको चेन ब्रेकका लागि भनेर गरिएको निषेधाज्ञाको अबधि दुईसाता बढी भैसक्दा समेत बलेवामा संक्रमित देखिन छोडेका छैनन् । वैशाख २२ गते बुधबार समेत वडा नं. १२ अमलाचौरमा १३ जना र वडा नं. १३ पंैञ्युपाटामा १४ जना बढीमा संक्रमण पुष्टि भएको रिपोट आयो । यो संख्या जाँच भएका नमूनाको आधाआधी हुन आउने संख्या हो ।
संक्रमणको चेन ब्रेक हुनुको साटो बलेवा क्षेत्रमा संक्रमण फैलिईरहेको छ । ‘क्लोज कन्ट्यक खोज्दा ५० प्रतिशत बढीमा संक्रमण देखिएको छ’,स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरे भन्छन् ‘सतर्कता कम भयो, हामीले जनचेतना फैलाउने काम गरिरहेका छौं ।’
‘हामीले अनुगमन गर्दा अटेरि गरेको भेटियो, बिहिबारदेखि पेट्रोलिङ सुरु भएको छ’, प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले भने ‘ईलाका प्रहरी कार्यालय बलेवामा रहेको जनपथ प्रहरीको मौजुदा जनशक्तिलाई ससस्त्रले सहयोग गर्नेछ ।’
सशस्त्रसहित प्रहरीले बलेवाका तीनवटै वडामा निशेधाज्ञा अबधिभर पेट्रोलिङ गर्नेछ । बलेवाका तीन वडामा स्वास्थ्य कार्यालय, प्रशासन र जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार गरेको अनुगमनमा निशेधाज्ञाको उल्लंघन गरेको पाईएको थियो ।
‘न मास्क लगाएको छ, तन सामाजिक दुरी, टोलमा झन ठुलो भेला भएको पाईयो’ अनुगमनमा सहभागि स्वास्थ्य कार्यालयका एक अधिकृतले भने ‘जिम्मेवार व्यक्तिहरु समेत हेलचक्राईं गरिरहेका छन् ।’
निषेधाज्ञा सुरु भएपछि बलेवामा दर्जन बढी बिबाह र धार्मिक कार्यहरु भएका छन् । विवाहमा समेत प्रशासनले तोकेको भन्दा सय गुना बढी जन्ति बोकेर हिँड्ने गरेपछि नागरिक स्तरबाटनै गुनासो आउन थालेको थियो । प्रशासनले बेहुला पक्षका ७ र बेहुली पक्षका ७ जना मात्रै जम्मा हुन पाउनेगरी निषेधाज्ञा जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->