बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

वन्यजन्तु अपराध नियन्त्रण गर्न व्युरो गठन

वन्यजन्तु अपराध नियन्त्रण गर्न व्युरो गठन


  • ढोरपाटन सम्वाददाता
  • बैशाख २४ २०७८, शुक्रबार

बागलुङ, २४ वैशाख– ढोरपाटन शिकार आरक्ष क्षेत्रमा अवैध रुपमा हुनसक्ने वन्यजन्तु र तिनको आखेटोपहारहरुको ओसारपसार नियन्त्रणमा सघाउ पु¥याउन जिल्ला स्तरीय वन्यजन्तु अपराध नियन्त्रण व्युरो गठन गरिएको छ । शिकार आरक्षका प्रमुख संरक्षण अधिकृतको संयोजकत्वमा व्यरो गठन गरिएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भूसंरक्षण विभाग र विश्व वन्यजन्तु कोष नेपाल समेतको पहलमा व्युरो गठन गरेर काम थालेको प्रमुख संरक्षण अधिकृत विरेन्द्र प्रसाद कँडेलले बताए ।
शिकार आरक्ष क्षेत्रमा वन, वन्यजन्तु, वनस्पति लगायत सम्पूर्ण जैविक विविधताको संरक्षण संबद्र्धन र व्यवस्थापनमा समेत सम्बन्धित सरोकारवाला निकायहरु बीच समन्वय गर्ने र प्रभमवकारी रुपमा आपसी संवाद, सहकार्य गर्ने जिम्मेबारी व्युरोले पाएको छ ।
२०७७ पौष २८ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले सिफरिस गरेअनुसार ब्यूरो गठन गरिएको हो । शिकार आरक्ष फैलिएका म्याग्दी र रुकुम पूर्वमा पनि व्युरो गठनका लागि सिफारीस गरि विभागमा पठाएको कँडेलले जानकारी दिए । ‘यो एउटा एक्सन समिति हो, जसले संरक्षणमा विषेश ध्यान दिएर काम गर्छ’ कँडेलले भने ‘शिकार आरक्ष क्षेत्रका वन्यजन्तु, वन पैदावार, वनस्पती लगायतको संरक्षणमा व्युरोले बिषेश काम गर्नेछ ।’
व्युरोमा जिल्ला प्रशासन कार्यालय, सरकारी वकिल कार्यालय, नेपाली सेना, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान विभाग, कारागार र जिल्ला हुलाक कार्यालयका प्रतिनिधिको सहभागिता रहने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->