बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

महासंघलाई सामाजिक संघ संस्थाको सहयोग

महासंघलाई सामाजिक संघ संस्थाको सहयोग


  • ढोरपाटन संवाददाता
  • बैशाख २५ २०७८, शनिबार

बागलुङ, २५ वैशाख– जिल्लामा क्रियाशिल बिभिन्न संघ संस्थाले पत्रकार महासंघ बागलुङलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका छन् । भीमापोखरा युवा क्लब, सञ्चो मेडिकल र हाम्रो सानो प्रयास नामक सामाजिक संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।
कोरोना जोखिमबीच अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुका लागि उपलव्ध गराउन उनीहरुले मास्क, सेनिटाईजर लगायतका सामग्री महासंघलाई सहयोग गरेका हुन् । १ हजार ३ सय थान मास्क, १२ लिटर सेनिटाईजर लगायतका सामग्री सहयोग स्वरुप प्राप्त भएको महासंघका अध्यक्ष नरेश कँडेलले बताए ।
महासंघको सभाहलमा सामाजिक दुरीसहितको कार्यक्रम आयोजना गरेर सामग्री हस्तान्तरण गरिएको वेयलनेस टिम बागलुङका प्रमुख नितु खड्काले बताइन् । स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै बिवाईसीका अध्यक्ष मणिभद्र शर्माले संस्थाको तर्फबाट अग्रभागमा रहेर काम गर्नेे पत्रकारहरुका लागि सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।
महासंघ अध्यक्ष कँडेलले दाताहरुलाई धन्यवाद ज्ञापन गरे । पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष नरेश कँडेलको अध्यक्षता, उपाध्यक्ष नवीन शिशिर बिकको स्वागत र सहसचिव तारानाथ आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->